काठमाडौँ, ३० साउनः नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो ।
आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा रु दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ ।
गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा रु १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो । तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।
कम्पनीको कुल आयसमेत बढेको छ । समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । यसअनुसार कुल आय रु एक अर्ब एक करोड १५ लाख अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) रु ४९ दशमलव २५ रहेको छ ।
ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि
कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आवको सोही अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ ।
मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ । कम्पनीका अनुसार अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ ।
नेपाल टेलिकमले देशको सञ्चार सेवा प्रदायकको भूमिक निर्वाह गर्दै भौगोलिक तथा व्यावसायिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिँदै आएको जनाइएको छ । कम्पनीका अनुसार कम प्रतिफल प्राप्त हुने तथा बढी लागत लाग्ने विकट र दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्नुपर्ने भएकाले सेवा सञ्चालनमा अतिरिक्त लागत व्यहोर्नुपरेको छ ।
दुर्गम क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता
नेपाल टेलिकमले व्यावसायिक प्रतिफलका दृष्टिले कम आकर्षक भए पनि राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गरिरहेको जनाएको छ । कम्पनीले त्यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा पहुँच अभिवृद्धिको कामलाई निरन्तरता दिएको छ ।
कम्पनीको वित्तीय विवरणले सञ्चालन आयमा सामान्य वृद्धि भए पनि मुनाफामा तुलनात्मक रूपमा सुधार देखिएको छ । ब्याज आम्दानी घटेको अवस्थामा पनि जिएसएम सेवाको राजस्व वृद्धि, सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधारलगायतका कारण समग्र मुनाफा बढाउन योगदान पुगेको देखिन्छ ।
यससँगै कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै जाने जनाएको छ ।
दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधारलाई कायम राख्दै डेटा तथा डिजिटल सेवाको प्रयोग बढाउनु कम्पनीका लागि आगामी दिनको प्रमुख चुनौती र अवसरका रूपमा रहनेछ ।