Prakash Adhikari October 11, 2018

काठमाडौं,२५ असोज । भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फ) ले जनही ५० हजार दिने घोषणा गरेको छ ।

नेपाली महिला टोली साफ यु–१८ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग १–० पराजित भएको थियो ।
साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।
र्
एन्फाले एक कार्यक्रम आयोजना गरी टोलीका सदस्यहरुलाई जनही नगदसहित सम्मानित गर्ने निर्णय गरेको छ ।

Share Now

Leave a comment.