Prakash Adhikari August 19, 2026

 

काठामाडौं, ३ भाद्र । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

यस दिन सुनको मूल्य तोलाको २ हजार ७ सय रुपैयाँ र चाँदीको प्रतितोला १ सय ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १ सय

रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Share Now