काठमाडौं, ८ भाद्र ६। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलप म्यानेजर तथा इमर्जिड. सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
महोत्तरीको बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एडीएम उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन नेपाल लाईफका मधेश प्रदेश प्रमुख नवराज चौधरीको आतिथ्यता रहेको थियो।
कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता तथा क्षेत्रीय प्रबन्धकहरू प्रमोद साह, उपेन्द्रनारायण महतो लगायत विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सन नेपाल लाईफका मधेश प्रदेश प्रमुख नवराज चौधरीले कम्पनीको आर्थिक बर्ष २०८३।८४ को पोलिसी बिक्री तथा आगामी कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गर्नुभयो।
त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्दै आएको बताउनुभयो। उहाँले अभिकर्ताहरूको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सधैँ सहकार्य र सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनाहरूलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि विशेष धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा पनि मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने र उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएमतथा इमर्जिड. सन क्लब का योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १ सय ५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।








