Prakash Adhikari September 2, 2026
काठमाडौँ, १६ भदौः चीनबाट सहयोगस्वरुप उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेना (पिएलए)को वायुसेनाको विमानमार्फत आज साँझ उक्त राहत सामग्री काठमाडौँ आइपुगेको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ राहत सामग्री हस्तान्तरण समारोहमा सहभागी हुनुभएको थियो । उहाँहरूले चिनियाँ विशेषज्ञलाई स्वागत गर्नुभएको थियो ।
राहत सामग्रीमा तत्काल आवश्यक ‘ड्रोन’, डिएनए परीक्षणका उपकरण तथा पानी शुद्धीकरण गर्ने सामग्री र अन्य उपकरण रहेका छन् ।
Share Now