Prakash Adhikari September 7, 2026

काठमाडौं, २२ भाद्र । आज लामटाड.लिरुड.को हिमपहिरोको कारण ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा विनासकारी बाढी आएको १३ औं दिन हो । यता राष्ट्रिय शोक मनाइरहेको आज सो बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्माणाधीन सञ्चालनमा रहेका जलविद्युत आयोजनाको सुरुड.मा फसेका मध्ये सात जना मजदूर आफ्नै प्रयासमा निस्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुरुड.बाट निस्केर नजिकको झोपडीमा पुगेका मजदूरहरुलाई स्थानीयहरुले सोधखोज गरेका छन् । मृत्युको मुखबाट निस्केर आएका मजदूरहरुका अनुसार उनीहरु रहेको सुरुड.मा अझै ५०-६० जना जीवितै रहेका छन् । उनीहरु पनि निस्केकाहरु जस्तै बोल्न र चल्नसक्ने अवस्थामा छन् ।

अध्यारो सुरुड.मा कता लागे कता पुगिएला भन्ने जानकारी नभएकोले उनीहरु त्यही आलोपाला आवाज दिएर बसिरहेका छन् ।

निस्केका सात भाइ चाही जे त होला भनेर सुरुड.को एक छेउ लाग्ने निर्णय गरेर हिडेका हुन् ।

सात भाइको साहसले सुरुड.मा फसेका अरुको पनि सकुशल उद्धार हुने संभावना बढेको छ ।

सात भाइहरुले सुरुड. नं १ र ३ को कुरा गरेको हुनाले उनीहरु अपर त्रिशूली १ मा कार्यरत मजदूर हुन् कि भन्ने अनुमान गरिएको छ ।

 

Share Now