Prakash Adhikari September 8, 2026

काठमाडौं, २३ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि र नेपाली जनताको मङ्गल कामना गर्दै प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको छ।

आज (मंगलबार) बिहान प्रथम महिला सबिता पौडेलसहित पशुपति पुगेका राष्ट्रपति पौडेलले देश र जनताको हितका लागि प्रार्थना गर्दै संकल्प पूजा गर्नुभएको हो।

पूजाअर्चनापछि उहाँले मूल पुजारीबाट विधिपूर्वक जल, मूलप्रसाद र फूल ग्रहण गर्नुभएको थियो।

राष्ट्रपति पौडेलको उपस्थितिमा मन्दिर परिसरको सुरक्षा व्यवस्था चुस्त बनाइनुका साथै दर्शनार्थीहरूका लागि नियमित पूजाआजा सुचारु राखिएको थियो।

Share Now