Prakash Adhikari September 17, 2026

नोम्पेन्ह.(कम्बोडिया), १ असोज । वर्षाको पानीलाई स्वच्छ खानेपानीको सुरक्षण, जलवायु उत्थानसिलता र भावि सन्ततिका लागि देख्य बनाउने नारासहित कम्बोडियाको राजधानी नोम्पेन्हमा ६ दिवसीय अन्तर्राष्ट्यि पानी सम्मेलन सम्पन्न भएको छ ।

बर्षाको पानी व्यवस्थापन समाधानहरू मार्फत पानी सुरक्षा र जलवायु उत्थानशीलतालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय विज्ञहरू, अनुसन्धानकर्ताहरू र सरकारी अधिकारीहरूलाई एकसाथ ल्याउन वर्षा पानी संकलन र व्यवस्थापन २०२६ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय पानी सम्मेलन नोम पेन्हमा आयोजना गरिएको थियो ।

घोषणापत्रको प्रस्तावनामा भनिएको छ एउटा सरल तर प्रायः ओझेलमा परेको सत्यलाई स्वीकार गर्छौं । पानीको सुरुवात वर्षाबाट हुन्छ।

घोषणापत्रले यसको ब्याख्या गर्दै भनेको हाम्रा नदी, ताल, भूमिगत जल, पारिस्थितिक प्रणाली, कृषि र समुदायहरूका लागि वर्षा नै स्वच्छ पानीको मुख्य स्रोत हो। तैपनि, जल नीति, शिक्षा, योजना र जनचेतनाका क्षेत्रमा वर्षा आफैं भने धेरै हदसम्म ओझेलमा परेको छ।

विश्वले बढ्दो जल असुरक्षा, जलवायु अनिश्चितता, बाढी, खडेरी र दिगो विकास लक्ष्य ६ (एसडीजी ६)हासिल गर्ने क्रममा आइपर्ने चुनौतीहरूको सामना गरिरहेको यस घडीमा, वर्षालाई त्यसको उचित महत्त्व दिनुपर्ने बेला आएको हामी विश्वास गर्छौं।

घोषणापत्रको पहिलो बूदामा वर्षालाई बुझौं र महत्त्व दिऔं भनिएको छ। वर्षालाई केवल मौसमी घटना वा विपद्को रूपमा मात्र नभई, स्वच्छ पानीको बहुमूल्य स्रोतका रूपमा स्वीकार गरिनुपर्छ।वर्षाको प्रत्येक थोपा जहाँ खस्छ—हाम्रा घर, विद्यालय, खेतबारी, समुदाय र सहरहरूमा—त्यहीँबाट यसको महत्त्वबारे विचार गरिनुपर्छ।

दोस्रो बुँदा वर्षाको पानी संकलन गरौं भन्ने आह्वानसंग सम्बन्धित छ । यसमा भनिएको छ,”वर्षाको पानी संकलनक्याच द रेनलाई जल सुरक्षा र जलवायु अनुकूलन क्षमताको व्यावहारिक अंग बनाइनुपर्छ। सरल, विकेन्द्रीकृत, किफायती र स्थानीय रूपमा व्यवस्थापन गर्न सकिने वर्षाको पानी संकलन प्रणालीहरूले परम्परागत जल पूर्वाधारलाई परिपूरकको रूपमा सघाउन सक्छन् । विशेष गरी विद्यालय, ग्रामीण समुदाय, टापु र पानीको अभाव भएका क्षेत्रहरूका लागि।”

घोषणापत्रको तेस्रो बूँदा वर्षाबारे शिक्षा दिने आह्वानसंग सम्बन्धित छ ।पानी कहाँबाट आउँछ भन्ने कुरा बुझ्ने अवसर प्रत्येक बालबालिकालाई हुनुपर्छ। “विद्यालयहरू जीवन्त प्रयोगशालाुबन्न सक्छन् जहाँ विद्यार्थीहरूले वर्षाको पानीको अवलोकन, मापन र संकलन गर्न तथा यसको संरक्षण गर्न सिक्न सक्छन्।”यो बूँदामा भनिएको छ, “वर्षाबारे शिक्षा दिएर, हामी एउटा यस्तो पुस्ता तयार पार्छौं जसले पानीलाई यसको स्रोत (सुरुवात) देखि नै बुझ्न सकोस्।”

नोम्पेन्हमा भेला भएका बर्षाको पानी विज्ञ र अनुसन्धानकर्ताहरुले वर्षासम्बन्धी ज्ञानको आदान-प्रदानलाई पनि उत्तिकै मह्त्व दिएका छन । यो बूँदामा भनिएको छ, “विश्वभरका समुदायहरू पुस्ताौंदेखि वर्षासँगै बाँच्दै आएका छन्।परम्परागत ज्ञान, स्थानीय अनुभव, आधुनिक विज्ञान, प्रविधि र डिजिटल आविष्कारहरूलाई एकीकृत गरी बदलिँदो जलवायु सुहाउँदो नयाँ जल अवधारणा सिर्जना गरिनुपर्छ।”

वर्षालाई महत्त्वका साथ स्थापित गर्न आह्वान गर्दै सम्मेलनले भनेको छ, ” हामी सरकार, अन्तर्राष्ट्रिय संघ(संस्था, विश्वविद्यालय, विद्यालय, समुदाय, पेसाकर्मी र युवाहरूलाई आह्वान गर्छौं कि उनीहरूले जल नीति, शिक्षा, अनुसन्धान, जलवायु कार्य र विकास सहयोगमा वर्षालाई समावेश गरून्।”

नोम्पेन्ह घोषणापत्रले हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्व जल दिवसको परिपूरकका रूपमा वर्षा दिवस स्थापना गर्ने सम्भावनाबारे खोजी गर्न आमन्त्रण गरेको छ । जसले आकाशबाट सिधै प्राप्त हुने पानीबारे बुझ्ने, सिक्ने र उत्सव मनाउने वार्षिक अवसर सिर्जना गरोस्।

यो सम्मेलन रोयल एकेडेमी अफ कम्बोडियाले अन्तर्राष्ट्रिय आकाशे पानी संस्थाका विशेषज्ञ समूहसँगको सहकार्यमा आयोजना गरेको हो । जसमा सियोल राष्ट्रिय विश्वविद्यालय, अन्तर्राष्ट्रिय वर्षा पानी संकलन गठबन्धन इन्टरनेशनल रेनवाटर एशोसिएसन सबैका लागि वर्षा, वाटरएड र मेकोङ संस्थान लगायतका साझेदारहरूको प्राविधिक र संस्थागत योगदान रहेको थियो।

सम्मेलनमा नेपालका तर्फबाट स्मार्ट वासका अध्यक्ष तथा नेपाल रेनवाटर एलायन्सका अध्यक्ष ई. रामदीप साहले भाग लिनुभएको थियो ।

Share Now