काठमाडौं, २ असोज । साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार बढेर बन्द भएको छ । हिजो बढेर बन्द भएको शेयर बजारले त्यही लयमा साताको कारोबार बिट मारेको हो ।
शुक्रबार धितोपत्र बजार परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४५ स्टकको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।
Top Gainers
कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
Top Losers
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
Top Turnover
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १।५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,511.16 | 23.68 | 1.59 |
| Development Bank Index | 5,495.64 | 22.09 | 0.40 |
| Finance Index | 2,267.53 | -0.56 | -0.02 |
| Hotels And Tourism Index | 7,210.19 | 24.41 | 0.33 |
| HydroPower Index | 3,665.08 | 31.09 | 0.85 |
| Investment Index | 97.54 | 0.09 | 0.10 |
| Life Insurance | 11,948.61 | 179.97 | 1.52 |
| Manufacturing And Processing | 10,712.66 | 62.65 | 0.58 |
| Microfinance Index | 4,568.91 | 34.01 | 0.75 |
| Mutual Fund | 19.67 | 0.03 | 0.19 |
| Non Life Insurance | 9,798.18 | 47.13 | 0.48 |
| Others Index | 1,835.65 | -2.07 | -0.11 |
| Trading Index | 3,310.87 | 28.12 | 0.85 |








