Prakash Adhikari September 20, 2026
काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ गरी १ हजार ४ सय ३४ शव फेला परेका हुन्  ।
फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म १ हजार २ सय ९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको १ हजार ३ सय ६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी भइरहेको छ ।
Share Now