Prakash Adhikari October 24, 2018

 

स्तानबुल(टर्की), ६ कार्तिक । अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको शवका टुक्रा इस्तान्बुलस्थित साउदी राजदूतको घरको बगैँचाबाट बरामद भएको छ।

उनको २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास कार्यालयमा हत्या भएको थियो । यो घटनाका क्रममा टर्कीका राष्ट्रपति रेसेप तयैप एर्दोगनले साउदी सरकारले खसोग्गीको हत्याको षड्यन्त्र २८ सेप्टेम्बरमै बनाइएको खुलासा गरेका छन् ।

टर्कीका राष्ट्रपतिका अनुसार यस हत्यालार्इ पूर्णता दिनका लागि साउदी अरबबाट १५ जनाको टोली २ अक्टोबरमै इस्तान्बुल आएको थियो । एर्दोगनले यस मामिलालार्इ ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् । उनले टर्कीको सेक्युरिटी सर्भिससँग यसको पर्याप्त प्रमाण पनि रहेको बताएका छन् ।

खसोग्गी टर्कीमा रहने आफ्नी गर्लफ्रेन्डसँग बिहे गर्न चाहन्थे। यसका लागि आवश्यक प्रक्रिया पुरा गर्न उनी २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास गएका थिए । त्यसपछि उनी बेपत्ता थिए । २० अक्टोबरमा साउदी अरबले खसोग्गीको हत्या स्वीकारेको थियो ।

टर्कीको पत्रिका हुर्रियत डेली न्यूजले राष्ट्रपति एर्दोगनलार्इ उधृत गर्दै लेखेको समाचार अनुसार खसोग्गी साउदीका राजकुमार मुहम्मद बिन सलमानको आलोचना गर्थे । यसैकारण उनको हत्या भएको हो । राष्ट्रपतिले यस मामिलाको जाँचमा अन्य देश पनि जोडिनुपर्ने बताएका छन् ।

टर्कीका जाँच अधिकारीका अनुसार २८ सेप्टेम्बरमा खसोग्गी इस्तान्बुल पुगेर साउदी महावाणिज्य दूतावासमा गएका थिए। त्यहाँ उनलार्इ २ अक्टोबरमा फेरि आउन सल्लाह दिइयो ।

जाँच अधिकारीका अनुसार १ अक्टोबरमा साउदीका तीन नागरिक इस्तान्बुल आए। त्यसपछि २ अक्टोबरमा साउदी नागरिकको १५ जनाको टोली इस्तान्बुल पुग्यो । जाँचका क्रममा साउदीबाट आएका नयाँ टोलीले महावाणिज्य दूतावासमा लगाइएको सेक्युरिटी क्यामेराको हार्डडिस्क नै निकालिदिएका थिए ।

२ अक्टोबर दिउँसोको समयमा खसोग्गी महावाणिज्य दूतावासमा गएपछि फेरि कहिल्यै देखिएनन् । जबकि उनकी गर्लफ्रेन्ड महावाणिज्य दूतावास बाहिर राति १ बजेसम्म कुरिरहिन् । तर साउदीका अधिकारीले पत्रकारबारेमा जानकारी नभएको कुरा जिकिर गरिरहे ।

एर्दोगनले भने, ुमैले १४ अक्टोबरमा साउदीका राजा सलमानसँग जाँचका लागि संयुक्त टिम बनाउन भनेँ, त्यसो गर्दा हाम्रा अधिकारीहरू दूतावासभित्र पस्न सक्थे । १७ दिनपछि साउदी अरबले महावाणिज्य दूतावासमै खसोग्गीको हत्या गरेको स्वीकार गरेको छ।ु

टर्कीका राष्ट्रपतिका अनुसार हत्यामा सामेल साउदीका १८ सदस्यीय दलको पनि खुलासा भइसकेको छ। उनीहरूलार्इ साउदी अरबमा गिरफ्तार गरिएको छ। प्रमाण र जानकारी अनुसार खसोग्गीलार्इ कठोर यातना दिएर क्रुरतापूर्वक ज्यान लिएको खुलेको छ ।

Share Now

Leave a comment.