Prakash Adhikari October 23, 2018

 

काठमाडौं, ६ कार्तिक । नेपाली क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको टि-२० प्रतियोगिता बिग ब्यास लिगमा छानिएका छन्।

अष्ट्रेलियाको बिग ब्यास लिग खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास उनले रच्दैछन् ।प्रतियोगिता डिसेम्बर १९ बाट सुरु हुँदैछ।

गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा प्रवेश गरेका सन्दीप एक बर्षको अवधि पूरा नहुँदै विश्वभरका चर्चित ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि-२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग )एपिएल) खेलिसकेका लामिछाने टि-१० लिगका लागि समेत छनौट भएका छन्।

अष्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता बिग ब्यासकालागि सन्दीपलाई मेलबर्न स्टारले अनुबन्धन गरेको छ। उनको टीम मेलवर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दीपको इकोनोमी राम्रो रहेको छ ।

यसै बीच बंगलादेशको घरेलु ट्वान्टी-२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) मा समेत सन्दीप छानिएका छन् । उनले बीपीएलमा सिल्हेट सिक्सरको लागि खेल्नेछन्।

Share Now

Leave a comment.