Prakash Adhikari November 4, 2018

 

काठमाडौं। १८ कार्तिक । वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको छ ।

मस्तिष्कघात भएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

तुलाधरलाई मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि ग्रसित तुलाधरमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

उहाँको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो ।

उहाँके उपचारमा नर्भिकका चिकित्सकहरु डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको टोली सक्रिय थियो । आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उहाँको निधन भएको हो ।

Share Now

Leave a comment.