Prakash Adhikari November 23, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),७ मंसिर (बीबीसी) । आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिँसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।

सीमा क्षेत्रमा मध्ये अमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्ति सुरक्षामा खलल पुगेमा मेक्सिकोसँगको व्यापार समेत बन्द गरिदिने उनले भनेका छन्।

आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिएको ट्रम्पले बताएका छन्।

थप नयाँ ब्यारियर संरचना बनाउन सोमवार अमेरिकाले व्यस्त सीमा नाका केही बेर बन्द गरिदिएको थियो।

कहाँका हुन् आप्रवासी?

मध्ये अमेरिकी देशहरूबाट करिब चार हजार किलोमिटर यात्रा गरेर हजारौँ आप्रवासी सीमा क्षेत्रमा आइपुगेका छन्।

धेरैजसो आप्रवासी होण्डुरसका छन्।

उनीहरू सीमा नगर टिह्वानामा आइपुगेका छन्।

आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिँसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन्।

स्थानीय अधिकारीहरूका अनुसार थप आप्रवासीहरू आउने क्रम चल्दै छ र उनीहरूको कुल सङ्ख्या दश हजार पुग्नेछ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा ५८ सय फौज परिचालन गरेका छन्। उनले आप्रवासीको आगमनलाई अतिक्रमणको संज्ञा दिएका थिए।

Share Now

Leave a comment.