Prakash Adhikari November 25, 2018

 

ब्रसेल्स(बेल्जियम),९ मंसिर (बीबीसी) । यूरोपेली संघ- ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिटसम्बन्धी सम्झौतालाई सबैभन्दा उत्तम तथा एकमात्र सम्भव सम्झौता भन्दै यूरोपेली नेताहरूको सम्झौता पारित गरेका छन्।

२० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको आइतवारको बैठकले एक घण्टाभन्दा पनि कम समयमै सो सम्झौता अनुमोदन गरेका हुन्।

सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिदैँछ।

सम्झौता
ईयूका नेताहरूले सो सम्झौताले ईयूबाट ब्रिटेनको सहज बहिर्गमनको बाटो खोलेको बताएको छन्।

अब उक्त सम्झौतालाई ब्रिटेनको संसद्ले पारित गर्नुपर्ने हुन्छ।

डिसेम्बर महिनाको सुरुवातताका ब्रिटेनको संसद्ले सम्झौतामाथि मतदान गर्ने अनुमान गरिएको छ।

तर अहिलेसम्मको अवस्था हेर्दा त्यहाँको संसद्ले सो सम्झौता पारित गर्ने देखिएको छैन।

विवाद
लेबर, लिबरल डेमोक्याट्स, स्कटिश न्याश्नल पार्टी, डेमोक्र्याटिक युनियनिस्ट पार्टी र धेरैजसो अनुदारवादी सांसद्हरूले सम्झौताको विरुद्धमा मतदान गर्ने ठानिएको छ।

प्रधानमन्त्री टरिजा मेले उनकै शब्दमा सो सम्झौता ब्रिटिश जनताको पक्षमा रहेको र त्यसले ब्रिटेनलाई समृद्ध भविष्यको मार्गतर्फ डोर्‍याउने बताइन्।

ब्रसल्समा बोल्दै मेले ईयूमा रहने पक्षमा र ईयूमा नरहने पक्षमा मतदान गरेका सबैलाई एकताबद्ध हुन आह्वान गर्दै ‘ब्रिटिश जनताले ब्रेक्जिट बारे वादविवाद गरेर थप समय खर्च गर्न नचाहेको’मा जोड दिइन्।

यूरोपेली आयोगका अध्यक्ष जाँ क्लोड युंकरले ब्रिटेनमा कसैले सो सम्झौता अस्वीकार गरे अझ राम्रो सम्झौताको प्रस्ताव राखिने भनेर ठानेमा त्यो गलत साबित हुने बताएका छन्।

Share Now

Leave a comment.