काठमाडौं,१४ मंसिर । देशभरका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा शुक्रबार राजधानीमा शिक्षकहरुको विशाल विरोध प्रदर्शन भएको छ ।
देशभरका शिक्षकहरुले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका ६ बूँदा र पेशागत हकहितका २६ बूँदा गरी ३२ बूँदे माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
२०७५को जेठ महिनादेखि आरम्भ भएको शिक्षकहरुको विरोध प्रदर्शन विभिन्न चरण पार गदै अन्तिम चरणको विरोध प्रदर्शनको नजिक आईपुगेको छ ।
यसबीचमा सरकारले शिक्षकले उठाएका मागहरु पूरा नगरेमा महासंघले मंसिर २१ देखि निर्णायक आन्दोलन थाल्ने बताएको छ ।
उक्त नर्णायक चरणको आिन्दोलनमा काठमाडौं उपत्यकाका हरेक शिक्षक र कर्मचारीलाई सहभागी बनाउने, प्रदेश नं ३ अन्तरगतका जिल्लाबाट हरेक दिन १५० शिक्षकत तथा कर्मचारी उपस्थित गरी सहभागी बनाउने तथा देशका अन्य गाँउपालिका तथा नगरपालिकाबाट कम्तिमा १० जना शिक्षक सहभागी बनाउने कार्यक्रम आयोजकहरुको रहेको छ ।
अहिलेसम्म सरकारले माग पूरा नगरेको भन्दै आफूहरु कडा र निर्णायक आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभएको छ ।