वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १५ मंसिर । अमेरिकाका ४१ औं राष्ट्रपति (१९८८-१९९२) जर्ज एच डब्लू बुश ९४ को उमेरमा निधन भएको छ।
उनकी श्रीमती बार्बरा बुशको पनि यसै बर्ष एप्रलमा टेक्ससको ह्युस्टनस्थित निवासमा ९२ बर्षको उमेरमा निधन भएको थियो।
स्वर्गीय राष्ट्रपति बुशका छोरा जर्ज डब्ल्यू बुश पनि अमेरिकाका ४३ औं राष्ट्रपति भएका थिए।
बुसको निधनमा जि(२० शिखर सम्मेलनका लागि अर्जेन्टिना भ्रमणमा रहेका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि एक शोक बक्तव्य जारी गरेका छन् ।
त्यस्तै पूर्व राष्ट्रपति वाराक ओबामाले पनि एक शोक वक्तव्य प्रकाशित गर्दै देशले एक एक देशभक्तलाई गुमाएको बताएका छन् ।


















