Prakash Adhikari December 1, 2018

 

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोपेली मुलुक पोल्याण्ड प्रस्थान गर्नुभएको छ ।

पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप–२४ मा सहभागी हुन राष्ट्रपति आज त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्याण्ड प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट बिदाई गर्नुभएको थियो । पोल्याण्डमा रहँदा उहाँले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कनुहुनेछ ।

Share Now

Leave a comment.