Prakash Adhikari December 2, 2018

काठमाडौं, १६ मंसिर । यस बर्षको ‘बैंक अफ द इयर’ अवार्ड एनएमबी बैंकले जितेको छ।

बेलायतको फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनले प्रदान गर्ने यो पुरस्कार एनएमबीले दोस्रो बर्ष लगातार पाएको हो । बैंकले २०१७ मा पनि यो अवार्ड जितेको थियो।

अवार्ड बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले लण्डनमा आयोजित विशेष समारोहमा ग्रहण गरेका छन् ।

द बैंकरले यो बर्ष करिव १ सय ४० देशका उत्कृष्ट बैंकलाई अवार्ड दिएको जनाएको छ। बैंकरले सो एवार्डको लागि सहभागी हुने बैंकहरुले वासलात , वित्तीय अवस्थाका अतिरिक्त,, बहु च्यानल बैंकिङ,वित्तिय समावेशिता र समग्र रणनीतिका बारेमा पनि जानकारी दिनुपर्दछ । सबैमा उत्कृष्ट ठहरिएको हरेक सहभागी देशको एक बैंकले यस्तो पुरस्कार प्राप्त गर्दछ ।

एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकको समेत लगानी रहेको छ ।

Share Now

Leave a comment.