काठमाडौं, १६ मंसिर । नेपाल पर्वतारोहण संघले यही मंसिर २४ देखि २६सम्म पोखराको रातो पहिरेमा अवस्थित अन्तर्राष्टिय पर्वतीय संग्राहलयको प्रांगणमा ग्रेट हिमालयन फेस्टिभलको ओयोजना गर्ने भएको छ ।
संघले शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका महासचिव कूल बहादुर गुरुड.्ले महोत्सवमा हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक नाचगान र झाँकीहरु रहनुका अतिरिक्त स्थानीय परिकार मेला पनि लाग्ने बताउनुभयो ।
महोत्सवमा नेपाली धावक वैकुण्ठ मानन्धरको नाममा एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथुन नामक धावन प्रतियोगिता पनि आयोजना हुने भएको छ । ४५ किलोमिटर लामो उक्त म्याराथन दौडमा महिला र पुरुष दुवैले सहभागिता जनाउन सक्ने बताइएको छ ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश १ लाख, ५० हजार र २५ हजार रुपैयाको नगद पुरस्कार सहितसहित प्रमाण पत्र दिइनेछ । यो खेलको प्रायोजन नबिल बैंकले गरेको छ ।
कार्यक्रममा हिमाली समुदाय खास गरि शेर्पा, मगर,गुरड.,थकाली,लिम्बू समुदायको लोक गीत प्रतियोगिता पनि हुनेछ । प्रतियोगितामा प्रथम,द्धिनीय,तृतीय र चतुर्थ हुनेलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाको पुरस्कार दिइनेछ ।
महोत्सवको अवसरमा एनएमए हिमालयन साइक्लिड., छेलो हान्ने, तारो हान्ने र एनएमए टोनी हेगन पेन्टिड. प्रतियोगिता पनि राखिएको छ ।
साईक्लिड. प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र चतुर्थ हुनेलाई क्रमश २५ हजार,१५ हजार,१० हजार र ५ हजार रुपैया पुरस्कार दिइने भएको छ ।
छेलो प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेलाई क्रमश २५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार दिइनेछ ।
महोत्सवमा थकाली समुदायमा प्रचलित तारो हान्ने प्रतियोगिता पनि आयोजना हुँदैछ ।
यस प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेलाई क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैया पुरस्कार दिइनेछ ।
महोत्सवका अवसरमा विश्व प्रसिद्ध आरोहीहरुलाई सम्मानित गर्ने कार्यक्रम पनि रहेको छ ।
पाँचौ अन्तर्राष्टिय पर्वतीय महोत्सवमा करिब ३० वटा स्टल रहने र यो महोत्सवमा नेपालको पर्वतीय क्षेत्रको संरक्षणमा कार्यरत विभिन्न गैरसरकारी र सरकारी निकायहरुको पनि सहभागिता रहने बताइएको छ ।



















