Prakash Adhikari December 3, 2018

 

सानो ठिमी (भक्तपुर), १७ मंसिर । कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्ने सन्दर्भमा शिक्षक सेवा आयोगबाट असार २९ गते लिइएको परीक्षाको नतिजा प्रकाशित भएको छ ।

आयोगले माध्यमिक तह तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये सबै क्षेत्रका शिक्षकहरुको नतिजा यही मंसिर १४,१५ र १६ गतेका मितिमा सार्वजनिक गरेको छ ।

उत्तीर्ण उम्मेदवारहरुलाई आयोगले २०७५ पौष १३ ,१४,१५,१६,१७,१८,१९ गते विहान ८ बजे र दिउँसो १ बजे आयोगको कार्यालय सानो ठिमीमा हुने अन्तरवार्तामा सहभागी हुन सूचित गरेको छ ,। परीक्षाको नतिजामा चित्त नबुझ्ने उम्मेदवारहरुले फरक फरक विषयका लागि मंसीर २३,२४ र २५ गतेसम्म रु ५०० तिरेर पुनर्योगको लागि निवेदन समेत दिन सक्ने बताइएको छ ।

हेर्नुहोस्, परीक्षामा उत्तिर्ण हुने शिक्षकहरुको नामावली  :

http://tsc.gov.np/doc/154363317816.Final_compile_Writen_result_Ac_Eco_Swajaba0750814.pdf http://tsc.gov.np/doc/154358380917.Final_compile_Writen_result_Social_Mapa_Supa0750814.pdf http://tsc.gov.np/doc/154366029118.Final_compile_Writen_result_Social_Purba_0750815.pdf http://tsc.gov.np/doc/154374852919.Final_compile_Writen_result_Social_Maddya_0750815.pdf http://tsc.gov.np/doc/154366049620.Final_compile_Writen_result_Social_pachim0750815.pdf http://tsc.gov.np/doc/154366059021.Final_compile_Writen_result_Small_Subject0750815.pdf http://tsc.gov.np/doc/154367079523.Final_compile_Writen_result_Science_Pachim0750815.pdf http://tsc.gov.np/doc/154366141122.Final_compile_Writen_result_Science_Supa_Mapa0750815.pdf http://tsc.gov.np/doc/154374869124.Final_compile_Writen_result_Science_Purba0750816.pdf http://tsc.gov.np/doc/154374875225.Final_compile_Writen_result_Science_Maddya0750816.pdf http://tsc.gov.np/doc/154374886126.Final_compile_Writen_result_Math_Supa_Mapa0750816_.pdf http://tsc.gov.np/doc/154374892927.Final_compile_Writen_result_Math_Purba0750816_.pdf http://tsc.gov.np/doc/154374902828.Final_compile_Writen_result_Math_Maddya0750816.pdf http://tsc.gov.np/doc/154374908029.Final_compile_Writen_result_Math_Pachim0750816.pdf

 

उम्मेदवारले आफ्नो नतिजा थाहा पाउन मोवाइलको मेसेज वक्समा गई TSC स्पेस रोल नं. टाइप गरी ३१००७ मेसेज
गरी थाहा पाउन सकिनेछ । उदाहरणको लागि उदयपुरको कुनै एउटा रोल नं. १४२९१९०००९ को नतिजा थाहा पाउन
TSC space 1429190009 टाइप गरी 31007 मा पठाउन सकिने । साथै, आयोगको वेवसाइट www.tsc.gov.npवा
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको वेवसाइट www.moe.gov.np वा शिक्षा मानव स्रोत विकास केन्द्रको वेवसाइट
www.doe.gov.np वाट समेत जानकारी लिन सकिनेछ ।

 

 

Share Now

Leave a comment.