Prakash Adhikari January 17, 2019

ढाका(बंगलादेश), ३ माघ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध सिलहेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगको पाँचौ खेलमा रंगपुर राईडर्सलाई २७ रनले पराजित गरेको छ।

दोस्रो र तेस्रो खेलमा विकेटविहिन बनेपछि अघिल्लो खेलमा प्लेइड. ११ मा नपरेका सन्दीपले बुधवारभने सानदार बलिंग गरे।

पहिले ब्याटिंग गर्दै सिल्हेटले दिएको १ सय ८८ रनको लक्ष्य लिएर मैदान उत्रिएको रंगपुर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रनमा समेटिन पुग्यो।

सिल्हेटको बलिंगमा मेहेदी हसन राना र तस्किन अहमदले समान २(२ विकेट लिए। यस्तै सन्दिप लामिछाने र सोहेल तनवीरको नाममा समान १(१ विकेट रह्यो।

अघिल्लो खेलमा मौका नपाएका सन्दिपले बुधवारभने सानदार प्रदर्शन गरे। आफ्नो ४ ओभरको स्पेलमा कसिलो बलिंग गर्दै मात्र १८ रन दिएका सन्दिपले बेन्नी हवेलको विकेट समेत हात पारे।

खेलको सातौँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले कसिलो बलिंग गर्दै सो ओभरमा मात्र ६ रन खर्चिए। नवौं ओभरमा दोस्रो स्पेल बलिंग गर्न आएका सन्दीपले ५ रन मात्र बनाउने मौका दिए ।

तेस्रो ओभर गर्ने क्रममा सन्दीपले खेलको११ औं ओभरमा पुनः कसिलो बलिंग गरे। सो ओभरमा सन्दीपले ४ रन मात्र खर्चिएका थिए।

खेलको सत्रौं ओभरमा पनि बलिड. गर्ने मौका पाएका थिए। सन्दिपले ओभरको पाँचौं बलमा बेन्नी हावेललाई बोल्ड गरे ।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको सिल्हेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन जोडेको थियो।

 

 

Share Now

Leave a comment.