Prakash Adhikari January 22, 2019

काठमाडौं, ८ माघ । युनाइटेड अरब इमिरेट्सविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज दुबई प्रस्थान गर्दैछ।नेपाली टोली आज अपरान्ह ४ :३० फ्लाई दुबई विमानबाट दुबई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपालले युएईसंग ३ एक दिवसीय र ३ टी २० सेरिज खेल खेल्नेछ । सिरिजका लागि नेपाली राष्टिय टीमका कप्तान पारस खड्काको नेतृत्वमा १६ सदस्सीय नेपाली टोली युएई जाँदैछ ।

गत मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। यो एकदिवसीय मान्यता पछि नेपालले खेल्ने दोस्रो एकदिवसीय क्रिकेट सिरिज हो ।विश्व क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो। दुई खेलको शृङ्खला एकरएक जीतको बराबरीमा सकिएको थियो।

नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ।

माघ ११ गते- पहिलो एक दिवसीय
माघ १२ गते -दोस्रो एक दिवसीय
माघ १४ गते – तेस्रो एकदिवसीय
माघ १७ गते – पहिलो टी २०
माघ १८ गते – दोस्रो टी २०
माघ २० गते – तेस्रो टी २०

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल सबैभन्दा पछिल्लो टोली हो।

नेपाली टीम

युएईसँग हुन लागेको सिरिज अन्तर्गत रहेको १६ सदस्यीय टिममा शरद भेसावाकरको नाम छैन। शरीरमा भिटामिन डीको कमी भएको र सोको अभाव पूरा गर्न ३ हप्ता लाग्ने भएपछि उनले टीमबाट नाम फिर्ता लिएका थिएका हुन्।

नेपाली राष्टिय टीमका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आइसीसी प्रतिनिधि अमिनिल इश्लामले नेपाली टीमको छनौट गरेको हो।

पौष १६ गते २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएकोमा पुस २४ गतेबाट संचालित बन्दसत्रमा खेलाडीहरुको प्रदर्शनको मूल्यांकन गर्दै १६ सदस्यीय टिमको घोषणा गरिएको हो।

१६ सदस्यीय टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा र बैकल्पिक खेलाडीमा ललित भण्डारी, सुशन भारी, बिक्रम सोब सम्मिलित छन् ।

खेलमा तीन नयाँ किशोर खेलाडीले स्थान पाएका छन् ।

एभरेस्ट प्रिमियर लिग क्रिकेटमा उत्कृस्ट बलिंग प्रदर्शन गरेका तीब्र गतिका बलर अभिनाश बोहरा सहित भिम सार्की, सन्दिप जोहरा र पवन सर्राफले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका छन्।

पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सबाट खेलेका भिम सार्कीको राम्रो प्रदर्शन रहेको थियो । भने जोराले ईपिएलमा ललितपुर प्याट्रिएट्सको लागि तथा यु १९ राष्ट्रिय टिमको लागि केहि राम्रो इनिंग खेलेका थिए।अविनाश बोहराले एभरेस्ट प्रिमियर लिगमा शरद कप्तानीको भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा कुल ७ विकेट लिएका दायाँ हाते बलर बोहराले किफायती बलिङ्ग तथा बिशेष गरि डेथ ओभरमा कन्जुस बलरको परिचय बनाएका थिए।

पारस खड्काको कप्तानीमा घोषित टिममा एभरेष्ट प्रिमियर लिगका दौरान पहिलो खेलमात्र खेल्दै घाइते भएका सोमपाल कामीले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। यस्तै अष्टेलियाको बिग ब्यास लिग र बंगलादेश प्रिमियर लिग खेलेका नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने पनि युएईसँगको सिरिजका लागि आइतबार नेपाल आइसकेका छन्।

ईपीएलमा पोखरा राइनोजको लागि खेल्ने क्रममा ७ विकेट लिएका बायाँ हाते स्पिनर सुशन भारि, १० विकेट लिएका तिब्रगतिका देब्रेहाते बलर ललित भण्डारी र ६ विकेट लिएका दायाँहाते तीब्र गतिका बलर बिक्रम सोब भने बैकल्पिक खेलाडीको सूचीमा रहेका छन्।

Share Now

Leave a comment.