Prakash Adhikari January 22, 2019

बेइजिड.(चीन),८ माघ (बीबीसी) । चीनको आर्थिक वृद्धिदर सन् १९९० यताकै सबैभन्दा न्यून विन्दुमा झरेपछि विश्व अर्थतन्त्रमा त्यसको नकारात्मक असर पर्न सक्ने भन्दै चिन्ताहरू बढेका छन्।

सोमवार सार्वजनिक भएको तथ्याङ्क अनुसार सन् २०१८ मा ६.६ प्रतिशतले मात्र चीनमा आर्थिक वृद्धि भएको छ।

डिसेम्बरसम्मको तीन महिनाको अवधिमा ६.४ प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ जबकि त्यसअघिको तीन महिनाको अवधिमा ६.५ प्रतिशतले आर्थिक वृद्धि भएको थियो।

हुन त पछिल्लो तथ्याङ्क प्रक्षेपण गरिए अनुसार नै छ, तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा आर्थिक वृद्धिदरमा आएको कमीले चिन्ता निम्त्याएको छ।

चिनियाँ वृद्धिदरले विश्व अर्थतन्त्रमा पर्ने सम्भावित असरलाई लिएर चिन्ता बढाएको छ। संयुक्त राज्य अमेरिकासँगको उसको व्यापार युद्धले थप अँध्यारो परिदृश्य थपिदिएको छ।

सोमवार सार्वजनिक तथ्याङ्कले विश्व आर्थिक सङ्कट उत्पन्न भएयता चीनमा सबैभन्दा कमजोर आर्थिक वृद्धि भएको तीन महिनाको अवधि देखाएको छ।

व्यापक असर पर्छ?

बीबीसीकी एशिया व्यापार सम्वाददाता करिश्मा वास्वानी आफ्नो विश्लेषणमा भन्छिन्, चीनको आर्थिक वृद्धिदरमा आएको गिरावाट आफैमा समाचार होइन।

बेइजिङले आफ्नो आर्थिक वृद्धिदरमा कमी आउने कैयौँ वर्षदेखि भन्दै आएको छ, उस्ले सङ्ख्यात्मक वृद्धिमा नभइ गुणात्मक वृद्धिमा केन्द्रित हुने बताउने गरेको छ।

तर हाम्री सम्वाददाता भन्छिन् हामी अझै चिन्तित हुनुपर्छ। चीनको आर्थिक वृद्धिदर सुस्त हुनुको अर्थ बाँकी विश्वको वृद्धिदर पनि सुस्त हुनु हो।

ब

चीन एक्लैले विश्व आर्थिक वृद्धिको एक तिहाइ हिस्सा ओगट्छ। रोजगार, निर्यात, सामान उत्पादन गर्ने देशहरू- हामी सबै चीनले उत्पादनहरू खरिद गरिदिओस् भनेर उसमाथि निर्भर गर्दछौँ।

चीनको आर्थिक वृद्धि कम हुनुको अर्को अर्थ व्यापक मात्राको ऋणलाई सम्बोधन गर्न उसलाई कठिन हुनु हो, भलै अर्थतन्त्रलाई सघाउने कम्युनिस्ट पार्टीको सामर्थ्यमा कुनै शङ्का नभएको अवस्था किन नहोओस्।

चेतावनी
यसै महिनाको शुरूतिर एपल कम्पनीले चिनियाँ आर्थिक वृद्धिमा देखिएको कमीले आफ्नो विक्रीलाई प्रभावित पार्न सक्ने चेतावनी दिएको थियो।

कार उत्पादक र अरू कम्पनीहरूले पनि चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्धले पारेको असरबारे बोलेका छन्।

A woman works in a shoe factory in China
चिनियाँ नीति निर्माताहरूले अर्थतन्त्रलाई सघाउन पछिल्ला महिनाहरूमा पहल बढाएका छन्।

क्यापिटल इकोनोमिक्स चाइनाका अर्थशास्त्री जुलियान इभान्स प्रिट्चार्ड भन्छन्, “चिनियाँ अर्थतन्त्र सन् २०१८ को अन्त्यतिर कमजोर देखिएको हो, तर धेरैले आशङ्का गरेभन्दा राम्रै रह्यो।”

Share Now

Leave a comment.