काठमाडौं,१९ माघ । एशियाली बौद्धिक अपाड.्ग महासंघ(Asian Federation on Intellectual Disabilities-AFID)को २४ औं सम्मेलन आउदो डिसेम्बर २ देखि ६ सम्म काठमाडौंमा हुने भएको छ ।
राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था,नेपालको शनिवार राजधानीमा सम्पन्न केन्द्रीय बार्षिक साधारण सभामा यसको जानकारी दिइएको हो ।
साधारण सभाको समुद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सुस्तमनस्थितिका बालबालिका र नागरिकहरुको हेरचाह र व्यक्तित्व विकास अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय भएकोले यसमा अभिभावक र समाजसेवीहरुले गम्भीर ढंगले सोच्नुपर्ने बताउनुभयो ।उहाँले मानिसको मनमा चस्का पसेपछि त्यसबाट उम्किन कठिन हुने बताउदै पूर्वसचिव सचितानन्द श्रीवास्तवले यो परोपकारी संस्थामा आफूलाई आबद्ध गराउनुभएको सुनाउनुभयो ।
एशियाली बौद्धिक अपाड.्ग महासंघको २४ औं सम्मेलन आयोजक समितिका अध्यक्ष समेत रहनुभएका डा. देवकोटाले कुनै पनि क्षेत्रमा मुटु फुट्ने झै गरि भक्कानिएर काम गरेपछि मात्र उन्नति र प्रगति हुने बताउदै भन्नुभयो, साच्चै असहाय हुने यो वर्गका नेपाली र एशियाली देशका बालबालिका र नागरिकको भलाई हुने परोपकारी र धर्म हुने कल्याणकारी काममा लाग्न पाएकोमा हामीले आफूलाई भाग्यमानी पनि सम्झनुपर्दछ । यस्तो मौका सधै सबैलाई आउदैन । यसलाई सफल पार्नुपर्दछ । स्वर्यसेवी भावनाले बर्षौदेखि लाग्ने तपाई हाम्रो सक्रियताले नै यो सफल हुन्छ र पार्नुपर्दछ ।

उहाँले संस्थाको आयोजना नेपालमा सम्पन्न स्पेसल ओलम्पिकले सुस्त मनस्थितिका बालबालिका र नागरिकहरुको व्यक्तित्व र प्रतिभा विकासमा योगदान दिएको प्रसंग कोट्याउदै उनीहरुको प्रतिभाको विकास हुने र आपसमा प्रतिस्पर्धा हुने कार्यक्रमहरु सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिनाथ अधिकारीले अपाड.्गहरु मध्ये पनि अति संवेदनशील समूहमा रहेको बौद्धिक अपाड.्गलाई सार्वजनिक निकाय र समाजले संवेदनशील भएर हेर्नपर्ने बताउदै भन्नुभयो, आँखा अन्धो भएको व्यक्ति आफ्नो मष्तिस्क तन्दुरुस्त छ भने वाकि¨ स्टिकको भरमा हिड्छ,अरुसंग आफ्नो कुरा स्पष्ट राख्न सक्छ, खुट्टा कमजोर भएको व्यक्ति बैशाखीका भरमा हिड्छ, ढाँड कमजोर हुने ह्वील चियरमा हिड्छ, कान नसुन्नेले मस्तिष्क स्वस्थ छ भने आफ्ना कुरा भन्न सक्छ,बोल्न नजान्नेले मष्तिस्क स्वस्थ छ भने इशाराको भरमा आफना कुरा राख्न सक्छ तर मस्तिष्क नै अस्वस्थ भएको वा हुनुपर्ने ढंगले विकास नभएका सुस्तमनस्थितिका व्यक्तिले न आफ्नो बारेमा बुझ्छन आफ्ना बारेमा केही कुरा कसैलार्ई भन्न सक्छ, उसले पथ्य र अपथ्य पनि छुट्याउन सक्दैन । यो सबै उसका अभिभावक र संरक्षकले छुट्याउन पर्छ ।
संस्थाका अध्यक्ष अधिकारीले सुस्तमनस्थितिका बालबालिका र नागरिकको पुनस्थापना र कल्याणका लागि समाजले धेरै कुरा गर्न बाँकी रहेको पनि बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष सचिदानन्द श्रीवास्तवले सुस्त मनस्थितिका बालबालिका र नागरिकहरुको हेरचाह बास्तवमै संवेदनशील विषय भएकोले यसका लागि राज्यले र समाजले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एशियाली बौद्धिक अपा¨ महासंघ र नेपालमा हुन लागेको २४ औं सम्मेलनको तयारीको बारेमा पनि प्रकाश पार्नुभएको थियो ।
संस्थाका केन्द्रीय अध्यक्ष मुक्तिनाथ अधिकारीको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका महासचिव लम्बोदर कायस्थबाट प्रस्तुत प्रगति विवरण र भावि कार्यक्रम, कोषाध्यक्ष अनन्तप्रसाद धौभडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बार्षिक कार्यक्रम तथा बजेट पेश गरि पारित गरिएको थियो । संस्थाका सचिव अगमकुमार पालिखेले सञ्चालन गर्नुभएको सो साधारण सभामा उपाध्यक्ष तुईलाल श्रेष्ठले स्वागत गर्नुभएको थियो भने सहकोषाध्यक्ष उर्गादेवी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साधारण सभाले संस्थाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् समाजसेवी चितवन निवासी सूर्यबहादुर मास्केको असमायिक निधनप्रति १ मिनेट मौनधारण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको थियो ।



















