Prakash Adhikari February 4, 2019

 

काठमाडौं,२१ माघ। नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा रहेको संयुक्त सरकारले गरेका गैरकानूनी, राजनीतिक रुपले पूर्वाग्रही, भ्रष्टाचारजन्य र जनताविरोधी क्रियाकलापका विरुद्धमा नेपाली काँग्रेसले सोमबार दिउँसो देशका ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाईको दुहाई दिंदै प्रतिपक्षी दलका संविधान र कानून अन्तरगतका मागहरुलाई समेत वेवास्ता गर्दै बलमिच्याईका भरमा देशमा अधिनायकवादी शासन लादन खोजेको आरोप लगाउदै कांग्रेसले प्रदर्शन गरेको हो ।

 

विरोध प्रदर्शनका क्रममा नेपाली कांग्रेसले विग्रदो शान्ति सुरक्षा, सुशासनको अभाव,अधिकारको केन्द्रीय करण, व्यवस्थापिका, न्यायापालिका, संवैधानिक परिषद् र संवैधानिक निकायको मानमर्दन, संसदीय शासन र शासकीय आदर्श,मूल्य,मान्यताको अवमूल्यन, शक्तिको केन्द्रीकरण,सुशासनको अभाव, निमुखा कर्मचारीमाथि थिचोमिचो,बढ्दो भ्रष्टाचारलाई जनताको विचमा उजागर गरेको थियो ।

 

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरु आआफ्ना जिल्लामा खटिएका थिए ।

 

कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँ, उपसभापति विमलेन्द्र निधिले धनुषा, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर,पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवन,पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तेह्रथुम,  केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङ,केन्द्रीय सदस्य गुरु घिमिरे अर्घाखाँची, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डले भक्तपुरको कार्यक्रमलाई संबोधन गर्नुभएको थियो ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौंंमा भएको विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो । काठमाडौंमा राजधानीका विभन्न भागबाट निस्केका जुलुसहरु  रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिएको थियो। जुलुसमा नेपाली कांग्रेसका भातृ एवम् शुभेच्छुक संघ संस्थाका केन्द्रीय पदाधिकारी र जिल्ला कार्यसमितिका पदाधिकारी सहित सदस्य र ठूलो संख्यामा समर्थकहरुको सहभागिता रहेको थियो ।

 

माघ १३ गते बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।प्रदर्शनका क्रममा नेपाली कांग्रेसले सरकारको अधिनायकवादी शैली,संसदीय सर्वोच्चताको सम्मान, सरकारी संलग्नतामा भएका भ्रष्टाचारको अन्त्य, राज्य आतंक बन्द गर्न माग,संसदीय मर्यादाको पालना, शान्ति र सुव्यवस्थाको बहाली तथा हत्याहिंसारहित नेपालको माग,वाइडबडी काण्डका भ्रष्टाचारीलाई कार्वाही, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही, डा गोविन्द केसीसंग भएका सम्झौताको पालना,चर्को मुल्यवृद्धि फिर्ता , तेत्तीस किलो सुनकाण्डका नाइके र दोषीलाई कार्वाही, सुशासनको बहाली,अनियमित ठेक्का बदर,कानूनी राजको स्थापना, धर्म,संस्कृति र परम्पराको रक्षा तथा पारदर्शिताका विषय उठाएको थियो । प्रदर्शन पछि सबै जिल्लामा भएका जनसभाका वक्ताहरुले यिनै विषयलाई मुख्य मुद्दा बनाएका थिए ।

नेपाली कांग्रेसको विरोध र्याली र सभा तस्वीरमा हेर्नुहोस्:

Kathmandu

Kathmandu

Pokhara

Dhanusha

Tanahun

Surkhet

Banke -Nepalgunj

Chitwan

Dang

Dhangadhi

Dhankuta

Dhading

Dhading

Nuwakot

Arghakhachi

Bardia

Bhaktapur

Dailekha

Dhankuta

Darchula

Gulmi

Palpa

Lamjung

Lamjung

Jumla

Khotang

 

Share Now

Leave a comment.