
भरतपुर(चितवन), ९ पौष । राष्ट्र्पति कार्यालयमा अड्केर बसेको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशका सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीभन्दा फरक सार्वजनिक गरेका छन् । उनले घुमाउरो पारामा राष्ट्र्यिसभाको कार्यपद्धति अनुरुप यसलार्ई समावेशी चरित्रको बनाउन बहुमतीय पद्धति भन्दा एकलसंक्रमणीय पद्धति नै उपयुक्त हुने भएकोले आफ्नो अडानमा पुनर्विचार गर्न गठबन्धनका सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध समेत गरेका छन् ।
आइतबार चितवनको एक कार्यक्रममा उनले त्यो विवाद समाधानको उपाय वामपन्थीहरुले नै खोज्नुपर्ने र कांग्रेसलाई सम्हालेर लानुपर्ने जिम्मेवारी आफूहरुमा आएकोबताए।
उनले एमाले अध्यक्ष प्रचण्डसंग भएको टेलिफोन संवादको उल्लेख गर्दै भने ‘उपायको खोजी गर्नेतिर ध्यान दिँदा नै राम्रो हुने हो कि भनेर मैले सोचौँ है, हल हामीले नै निकाल्नुपर्छ भनेको छु। ‘दुई तिहाईको झण्डै नजिक मत ल्याएकाले अब हामी नै नम्र हुनुपर्ने, जिम्मेवार हुनुपर्ने र कांग्रेस लगायत प्रतिपक्षलाई पनि हामीलेनै सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी छ।’
राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गर्ने कांग्रेसको अडान छ भने एमालेले बहुमतीयबाट हुनुपर्ने अडान राख्दै आएको छ। सरकारले राष्ट्रपतिकहाँ पठाएको अध्यादेशमा एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने उल्लेख छ। एमालेको उक्त अडानका कारण संविधानमा यसबारे स्पष्ट किटानी व्यवस्था नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म प्रमाणीकरण गरेकी छैनन्।एमालेले पनि उक्त अध्यादेश संविधानसम्मत नभएको भन्दै विरोध जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘नेपाली कांग्रेसको समस्या बुझिदिनुपर्ने बताए। बहुमतीयमा गयो भने राष्ट्रिय सभामा कांग्रेसको एउटा पनि आउने भएन, विपक्षी नै नभएपछि हामी वामपन्थीलाई पनि खुसीको कुरा हुँदैन। यो प्रणाली भित्र कमसेकम प्रतिपक्षका दुईचार जना मान्छे भएरहुँदाखेरी छलफल बहसमा जो जीवन्तता आउँछ। एउटा पनि भएन भने त अल्लि अप्ठेरो पनि हुन्छ की१’ उनले भने।
राष्ट्रिय सभाको गठनसम्बन्धी विवाद केही कानुनीजस्तो देखिए पनि राजनीतिक भएकाले यसको समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे।
प्रचण्डले आइतबार बिहानै चितवनबाट ओलीलाई फोन गरेर यसको समाधानका बारे आफूले छलफल गरेको बताए।उनले हालको गतिरोधको हल निकालेर छिटो भन्दा छिटो सरकार गठन गरेर यो स्थितिलाई लम्बिन नदिने हाम्रो कोशिश भएको बताए।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकल संक्रमणीय र बहुमतीय दुवैको बीचबाट समाधान खोज्नुपर्ने उनले बताए।
‘मतभारका कारणले एकल संक्रमणीय प्रणाली लागु गर्न सकिन्न भन्ने संविधान ड्राफ्ट गर्ने साथीहरूको तर्क छ। एक जना मात्र निर्वाचन गर्न पर्यो भने के गर्ने सिष्टम नै छैन। जस्तो अपाङ्ग एक जना भनेको छ। दलित एक जना भनेको छ। उनीहरुको निर्वाचन गर्दा एकल संक्रमणीय लागू हुन सक्दैन,’ प्रचण्डले भने,’यद्यपी एकल संक्रमणीयको पक्षमा बोल्ने साथीले त्यसको हल निकाल्न सकिन्छ कम्तीमा दलहरु बसेर त छलफल गर्नुपर्यो भनेर अस्ती सुरुवात त भयो। मिलेको छैन। फेरि छलफल गर्नुपर्छ र मुख्यमुख्य नेताहरु बसेर निकास निकाल्नुपर्छ।’