Prakash Adhikari February 14, 2019

होवर्ट(तस्मानियां),२ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले आज अष्टेलियाको प्रतिष्ठित घरेलु लिग बिग ब्यासको पहिलो सेमिफाइनलमा होवर्ट हुरिकेन्सको सामना गर्ने भएको छ ।

होबर्ट क्रिकेट मैदानमा दिउसो सवा २ बजेबाट सुरू हुने खेलमा नेपाली क्रिकेट स्टार सन्दीप पनि परेका छन् ।

पहिलो पटक विग व्यासमा आबद्ध भएका सन्दीपले लिग चरणको खेलमा राम्रो प्रदर्शन गरेका थिए । विग व्यासको पहिलो चरणको खेल अवधिमा नै नेपाली क्रिकेट स्टार सन्दीपले बंगलादेशको बंगलादेश प्रिमियर लिगको टी २० प्रतियोगित र नेपालको यूूएई भ्रमण अन्तरगत ३ वटा एक दिवसीय अन्तराष्टिय खेल तथा ३ टी २० खेल खेलेका थिए ।

बंगलादेश प्रिमियर लिगमा उनी आबद्ध सिल्हेट सिक्सर्स दोस्रो चरणमा पुग्न असमर्थ रह्यो भने यूएई भ्रमणका एक दिवसीय अन्तराष्टिय र टी २० सेरिज जित्नमा उनको महत्वपूर्ण योगदान रह्यो ।

नेपाललाई एक दिवसीय र टी २० श्रृखला जिताएर सन्दीप भने दुबाईबाटै अष्टेलिया पुगेका थिए । खेलमा पुनरागमन गरेपछि उनले पहिलो खेलमा विकेट लिन नसके पनि लिगको अन्तिम खेलमा जम्मा ११ रन दिएर ३ विकेट लिदै टीमलाई सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।

नेपाली क्रिकेट स्टार सन्दीपले त्यसअघि बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लगेका थिए ।

बीबीएलमा हालसम्मका खेलमा सन्दीपले ६ खेलमा ११ विकेट लिइसकेका छन । बिग बासमा सन्दिप कम रन दिएर धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन । उनीभन्दा अगाडी बेन ड्र्वास्विस र डेनीयल साम्स रहेका छन । डेनीयलले ५ रन दिएर तीन विकेट लिएका छन भने बनेले सात रन दिएर तीन विकेट हात पारेका छन ।

Share Now

Leave a comment.