Prakash Adhikari February 15, 2019

काठमाडौं,३ फागुन । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारसमक्ष राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताउनुभएको छ ।

अख्तियारका आयुक्त पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको प्रमाणसहितको समाचार सार्वजनिक भएको थियो।

उहाँले कलेजको मुद्दा मिलाउनका लागि ७८ लाख घुस खाएको समाचार सार्वजनिक भएसँगै शुक्रबारदेखि महाअभियोग लगाउने तयारी भइरहेका बेलामा राजिनामा आएको हो ।

logo                                     

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तबाट लिखित राजीनामा

आज मिति २०७५ साल फागुन ३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त श्री राजनारायण पाठकले  नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७५/११/३ गतेदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता

Share Now

Leave a comment.