Prakash Adhikari February 17, 2019

 

काठमाडौं, ४ फागुन । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आईसीसी एसिया छनोंट खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशव कुमार विष्टले शनिवार विदाई गरेका छन् ।

विदाई समारोहमा सदस्य सचिव विष्टले नेपाली महिला क्रिकेट टिमलाई पनि तलब भत्ताका लागि आईसीसीसँग पहल गर्ने प्रतिवद्धता जनाए ।

सदस्य सचिव बिष्टले ईच्छा शक्ति र मनोबल उच्च भएमा कुनैपनि ठुलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीलाई राम्रो प्रदर्शन गर्न आग्रह गरे ।

महिला क्रिकेटका मुख्य प्रशिक्षक बिनोद दासले प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो निस्कने विश्वास व्यक्त गरे ।

कप्तान क्षेत्रीले यसअघि भएको टी–२० महिला स्म्यासमा थाइल्याण्डसँग पराजित हुँदै उप विजेता भएकाले यस पटक उसलाई पराजित गर्ने लक्ष्य रहेको बताइन ।

नेपाली टिम
रुवीना क्षेत्री (कप्तान)
सिता रानामगर (उपकप्ता)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवँर
ममताकुमारी चौधरी
विन्दु रावल

Share Now

Leave a comment.