Prakash Adhikari February 19, 2019

धनगढी(कैलाली),६ फागुन । धनगढी प्रिमियर लिगको सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले बिराटनगर किङ्ग्सलाई १० रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ भने बिराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।

आजको जितपछि अत्तरियाले ४ खेलमा ३ जित र १ हार सहित ६ अङ्क बनाउँदै अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। अर्को बिराटनगर भने ५ खेलमा १ मात्र जित निकाल्दा २ खेल बर्षाले प्रभावित भएपछी ४ अंक सहित पाचौं स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको छ। यो संगै प्ले अफमा पुग्ने ४ टोलीको टुंगो लागेको छ।

काठमाण्डौ ४ खेलबाट ७ अङ्कसहित पहिलो स्थानमा रहँदै प्ले अफमा पुग्दा अत्तरियापनि समान ४ खेलबाट ६ अंक लिएर दोस्रो स्थानमा रहदै अर्को चरणमा प्रवेश गर्यो। रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेड समान ५ खेलबाट क्रमशः ६ र ४ अंक सहित अंकतालिका को तेस्रो र चौथो स्थानमा पुगेका छन्।

बिराटनगर १० रनले पराजित

खेलमा पहिले ब्याटिंग गर्दै अत्तरियाले दिएको १सय ४९ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १सय ३८ रनको योगफल बनाउन सक्यो।

विराटनगरको लागि आसिफ शेखले ३९ रनको पारि खेले। ३४ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गर्दा दोश्रो विकेटको लागि हरिशंकर शाहसँग २९ रनको साझेदारी गरेका थिए। शाह ७ रनमा आउट भए।

यसअघि पहिलो विकेटको रुपमा आउट हुनुअघि असद उल्लाह खानले पारिकै पहिलो ओभरमा भुवन कार्कीलाई २ छक्का सहित १३ रन प्रहार गर्दै अन्तिम बलमा आउट भएका थिए।

शेखले पृथु बास्कोटासङ्ग चौथो विकेटको लागि ३१ रनको साझेदारी गरे। त्यसपछि बास्कोटाले पाचौं विकेटको रुपमा आउट हुनुअघि अभिनास यादवसँग २६ रनको साझेदारी गरे। बास्कोटा २७ रनमा आउट भए।

आवश्यक रन रेट धेरै भएपछी ठुलो स्कोर हिर्काउने चक्करमा अभिनास यादव १४ रन, करण केसी १२ रन र कुशल भुर्तेल ३ रनमा आउट भए। अन्त्यमा संसाद शेख ७ रन र किशोर महतो ८ रनमा अविजित रहे।

अन्तिम ४ ओभरमा बिराटनगरलाई जितको लागि ४२ रन आवस्यक थियो जुन अवस्थामा दिपेन्द्र रावतले १७ औं ओभर बलिंग गर्दै मात्र ४ रन खर्चेर अभिनाश यादबको विकेट लिएका थिए।

३ ओभरमा ३८ रन आवस्यक रहेको बेला सन्नी पटेलले बलिंग गर्दै ५ रन मात्रै दिए। अन्तिम २ ओभरमा जित्न ३३ रन अवास्यक रहंदा भुवन कार्कीले गरेको ओभरको पहिलो बलमा करन केसीले छक्का प्रहार गरेका थिए।

११ बलमा २७ रन आवस्यक रहेको अवस्थामा भुवन कार्कीले करन केसी र कुशल भुर्तेलको विकेट लगातार लिंदै सीवाईसीको जित सुनिश्चित पारेका थिए। अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक रहंदा कमल सिंह ऐरीले १३ रन खर्चिएका थिए।

बलिंगतर्फ अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३ । ३ विकेट लिँदा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे।

Image result for cyc-attariya 2019
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४८ रनको योगफल तयार पारेको थियो।

उसका लागि चौथो विकेटको रुपमा जयकिशन कोल्सवाला र सन्नी पटेलले ४३ बलमा अविजित ६९ रनको आक्रामक साझेदारी गरेका थिए। कोल्सवालाले अविजित ५१ रन बनाउँदा ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै आक्रामक ब्याटिंग गरेका सन्नीले अविजित ६१ रन बनाउन ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

सन्नी पटेलले किशोर महतोले गरेको पारिको अन्तिम ओभरमा ३ छक्का र २ चौका हिर्काउँदै २४ रन बटुलेका थिए। सो ओभरको पहिलो बलमा असद उल्लाह खानले क्याच छुटाएपछि त्यसको फाइदा सन्नीले उठाएका थिए।

यसअघि कोल्सवालाले पहिलो विकेटको लागि जितेन्द्र ठकुरीसँग मिलेर ५० रनको साझेदारी गरेका थिए त्यस्तै सन्दिप जोरासँग ७ रन र कप्तान ऐरीसँग २२ रनको साझेदारी गरेका थिए।

बलिंगतर्फ सुशन भारी र संसाद शेखले १/१ विकेट लिएका थिए भने ऐरी रन आउट भएका थिए।

खेलमा सन्नी पटेल प्लेयर अफ द म्याच घोषित भए।

 

Share Now

Leave a comment.