Prakash Adhikari February 22, 2019

 

बैंकक(थाइल्याण्ड), १० फागुन । थाइल्याण्डमा भैरहेको आईसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिता अन्तरगत नेपाल र संयुक्त अरब इमिरेट्सबीचको खेलमा नेपाली महिला टिमले यूएइलाई ४१ रनमा रोकेको छ ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको यूएईको टीमले निर्धारित २० ओभरको खेलमा १८ औं ओभरको तेस्रो बलमा सबै विकेट गुमाउदै जम्मा ४१ रनको योगफल तयार गरेको हो ।

यूएईका सीआर सिनेभिरत्नले १३ रन जोडे भने एन शर्माले ६,केकेएन इभोडगे र आई सेनेभिरत्नेले चार चार,एस बैंकटारमा र छाया मुगले ३ ३ इर ओजा र हुमैरा तस्मिनले क्रमश २ र १ रन जोडे ।

बलिड.मा नेरी थापाले ४, सरिता राना मगर, एस खड्का र के कुँबरले २ २ विकेट लिए ।

सात राष्टहरु सम्मिलित खेलमा नेपालले अहिलेसम्म दुई खेल खेलेको छ । नेपालले मलसियासंगको खेलमा जित निकाल्यो भने घरेलु टोली थाइल्याडसंगको खेलमा हार ब्यहोरेको छ । थाइल्याण्डको महिला टीम बलियो नै मानिन्छ । नेपालले २ अंक पाएको छ ।

यूएईले हालसम्म ३ खेल खेलेको छ र तीन वटै खेलमा जित निकालेको छ । उसले अहिलेसम्म हंगकंग,कुवेत र मलेसियासंग खेलिसकेको छ । यी तीनै टीम तुलनात्मक रुपमा कमजोर नै मानिन्छन् । यूएईले हालसम्म ६ अंक बटुलेको छ ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
UAE-W 3 3 0 6 3.217
THI-W 2 2 0 4 2.177
CHN-W 3 2 1 4 0.788
NEP-W 2 1 1 2 -0.575
MAL-W 3 1 2 2 -0.95
HKG-W 2 0 2 0 -0.57
KUW-W 3 0 3 0 -3.446

नेपाललाई यो प्रतियोगितामा जित निकाल्न यूएईलाई जित्नुपर्ने दबाब छ ।

प्रतियोगिता अन्तर्गत नेपालले फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ९ एकदिवसीय ० छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

कुवेत, हंगकंग,मलेसिया,चीन,थाईल्याण्ड,नेपाल र यूएई गरी ७ टीम सहभागी खेलमा नेपालले आजको खेल पछि परम्भिक चरणका ३ खेल खेल्न पाउनेछ । क्रिकेटमा नेपालले तरक्की गरिरहेको बेला नेपाली महिला क्रिकेटरलाई भाग्यले पनि साथ दिने र केही भैहाल्ने ठूलै आशा खेल जगतले गरेको छ ।

Share Now

Leave a comment.