Prakash Adhikari February 22, 2019

बैंकक(थाइल्याण्ड), १० फागुन । थाइल्याण्डमा भैरहेको आईसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिता अन्तरगत नेपालले संयुक्त अरब इमिरेट्सलाई ७ विकेटले पराजित गरेको छ ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको यूएईको टीमले निर्धारित २० ओभरको खेलमा दिएको ४२ रनको लक्ष्यलाई नेपाली महिला टिमले ३ विकेटको क्षतिमा ११ औं ओभरको दोस्रो बलमा ४५ रन पुर्याएर हासिल गरेको थियो ।

नेपालको जितमा आरसी बेलबासेले १ छक्का र २ चौका सहित १८ रन, काजल श्रेष्ठले २ चौकासहित १५ रन र सरिता राना मगरले ६ रनको योगदान गरे ।

बलिड.मा यूएईका ओजाले २ र एगोडगेले १ विकेट लिए ।

यस अगाडि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको यूएईले १८ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउदै ४१ रनको योगफल तयार पारेको थियो ।

यूएईका सीआर सिनेभिरत्नले १३ रन जोडे भने एन शर्माले ६,केकेएन इभोडगे र आई सेनेभिरत्नेले चार चार,एस बैंकटारमा र छाया मुगले ३ ३ इर ओजा र हुमैरा तस्मिनले क्रमश २ र १ रन जोडे ।

बलिड.मा नेरी थापाले ४, सरिता राना मगर, एस खड्का र के कुँबरले २/ २ विकेट लिए ।

सात राष्टहरु सम्मिलित खेलमा नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । नेपालले यूएई र मलसियासंगको खेलमा जित निकाल्यो भने घरेलु टोली थाइल्याडसंगको खेलमा हार ब्यहोरेको छ । थाइल्याण्डको महिला टीम बलियो नै मानिन्छ । नेपालले ४ अंक पाएको छ । चौथो खेल जित्दा नेपाल र यूएईको अंक बराबरी हुनेछ ।

 

आज भएको अर्को खेलमा हंगकंगलाई जितेर घरेलु टिम थाईल्याण्ड शीर्षमा उक्लेको छ । तर क्रिकेट संभावनाको खेल हो । यसम खेलाडीको मिहेनत र भाग्यको हात बराबरी देखिन्छ । आफ्नो सम्पूर्ण क्षमता लगाएर खेलिरहेका नेपाली चेलीलाई भाग्यले पनि साथ दियो भने शीर्षमा पुग्न त्यति कठिन भने हुने छैन् ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
THI-W 3 3 0 6 2.977
UAE-W 4 3 1 6 1.971
CHN-W 3 2 1 4 0.788
NEP-W 3 2 1 4 0.445
MAL-W 3 1 2 2 -0.95
HKG-W 3 0 3 0 -1.747
KUW-W 3 0 3 0 -3.446

यूएईले हालसम्म ४ खेल खेलेको छ । उसले तीन वटा खेलमा जित निकालेको छ । उसले अहिलेसम्म हंगकंग,कुवेत र मलेसियासंग खेलिसकेको छ । नेपालसंग हार ब्यहोरेको छ । उसले जितेका तीनै टीम तुलनात्मक रुपमा कमजोर नै मानिन्छन् । यूएईले ३ जित र १ हारसहित हालसम्म ६ अंक बटुलेको छ । तुलनात्मक रुपमा बलियो मानिएको र नेपाली टिमलाई हराएका घरेलु टिमसंग यूएई खेल्न बाँकी नै छ ।

यो प्रतियोगितामा जित निकाल्न नेपाललाई यूएईलाई जित्नुपर्ने दबाब थियो । यूएईसंगको जितले नेपालको अन्य टिमसंग खेल्ने नैतिक साहस बलियो भएको छ ।

अन्य टिमलाई जित्न सक्ने बलियो संभावना पनि छ ।

प्रतियोगिता अन्तर्गत नेपालले फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चीन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

यो प्रतियोगिताको शीर्षमा स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

कुवेत, हंगकंग,मलेसिया,चीन,थाईल्याण्ड,नेपाल र यूएई गरी ७ टीम सहभागी खेलमा नेपालले आजको खेल पछि प्रारम्भिक चरणका ३ खेल खेल्न पाउनेछ । क्रिकेटमा नेपालले तरक्की गरिरहेको बेला नेपाली महिला क्रिकेटरलाई भाग्यले पनि साथ दिने र केही भैहाल्ने ठूलै आशा खेल जगतले गरेको छ ।

यूएईविरुद्ध भएको विजयले नेपाली टिम आइसीसी विश्वकप एशिया छनोट चरणमा चयन हुने  संभावना जीवितै रहेको छ ।

Share Now

Leave a comment.