शारजहाँ(संयुक्त अरब इमिरेट्स),१० फागुन । पाकिस्तानको घरेलु लिग अन्तरगतको चर्चित पाकिस्तान सुपर लिग अन्तरगतको १० औं खेल तथा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध लाहोर क्वालान्दर्सको चौथो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो सुरुआती खेलमा पहिलो विकेट लिएका छन् ।
उनले निवार्ध सतक काटेको मुल्तान सुल्तानका विरुद्ध तीन विकेट लिएका हुन । उनले १२ औं ओभरको पाँचौ बल र १४ औं ओभरको अन्तिम बल र १६ औ ओभरको तेस्रो बलमा विकेट लिएका थिए ।
अहिले १६ आं ओभरको अन्त चल्दैछ र मुल्तान सुल्तानलेर्४ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ ।
शारजहाँ क्रिकेट मैदानमा आज ५ ः१५ मा सुरुभएको खेलमा नेपाली खेलाडी सन्दीप आबद्ध लाहोर क्वालन्दर्सले टस जितेर फिल्डिड. रोजेको थियो ।


















