Prakash Adhikari February 27, 2019

फुड.लिड.(ताप्लेजुड.),१५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी सवार एयर डाइनेष्टी हेलिकप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बिहान साढे ८ बजे ताप्लेजुड.का लागि उडेको नाइन एन एएमआई संकेत नम्बर भएको हेलिकप्टरमा ताप्लेजुड.को खप्टेढुंगामा दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार सबैको मृत्यु हुन गएको हो ।

तेह्रथुमको चुहान डाँडा एअरपोर्टको निरीक्षणको लागि मन्त्रीसहित गएको टोली  चुहानडाँडाबाट सो टोली पाथीभरा मन्दिरको दर्शन गर्न गयो।

तर पाथीभराबाट काठमाण्डू उडेको हेलिकप्टर केही छिनमै दुर्घटनामा पर्‍यो।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सो दुर्घटना खराब मौसमका कारण भएको हुन सक्ने बताएका छन्।

हेलिकप्टर एउटा विकट भीरमा खसेको र त्यहाँ आगो लागेको थियो।

 

Image may contain: 4 people, people smiling, people standing

चुहान डाँडा एअरपोर्ट निरीक्षणपछि मुस्कुराउदै मन्त्री अधिकारी

हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशकआङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया रहेको थाहाभएको छ ।

दुर्घटनास्थलमा पुग्नुभएका पाथीभरा मन्दिर विकास समितिका सदस्य सचिव तथा सांसद योगेश भट्टराईका भाई उदय भट्टराईले दिनुभएको विवरण अनुसार हेलिकोप्टरमा सवार सबैको निधन भएको छ । सबैको शरीर क्षतविक्षत छ । घट्नास्थलमा दर्दनाक र भयानक देखिन्छ ।
हेलिकोप्टर दुर्घटनाभएपछि काठमाडौंका त्रिभुवन विमानस्थलस्थापना गरिएकोकेन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको र हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.