Prakash Adhikari March 10, 2019

 

काठमाडौं,२६ फागुन । संयुक्त राष्ट्रले आयोजना गर्न लागेको उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउन राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्नुभयो ।

राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि उक्त कार्यक्रमका लागि अमेरिका जानुभएको छ ।  ।

Ministry of Foreign Affairs

Press Release on the visit of Rt. Hon. President to New York

Press Release

The Rt. Hon. President Mrs. Bidya Devi Bhandari will address the High-Level Event on Women in Power being hosted by the President of the UN General Assembly (PGA) H.E. Ms. Maria Fernanda Espinosa Garces on 12 March 2019 in New York. The Rt. Hon. President will address on the theme of “How Women Leaders Change the World”.

The President is leaving for New York tomorrow.

In the evening of March 11, the Rt. Hon. President will attend a welcome dinner to be hosted by the PGA H.E. Ms. Garces in honour of the women Heads of State/ Government.

On the side-lines of the high level event, UN Secretary-General H.E. Mr. Antonio Guterres and President of the UN General Assembly H.E. Ms. Maria Fernanda Espinosa Garces will call on the Rt. Hon. President at the UN Secretariat.

The Rt. Hon. President will also hold bilateral meetings with the President of Estonia, H.E. Ms. Kersti Kaljulaid and the President of Croatia, H.E. Ms. Kolinda Grabar-Kitarovic.

On the same day, Former Prime Minister of Ireland Mrs. Mary Robinson will call on the Rt. Hon. President.

On the 13th of March, the Rt. Hon. President will visit Permanent Mission of Nepal to the UN.

Ambassador of Nepal to the United States of America H.E. Dr. Arjun Kumar Karki and Permanent Representative of Nepal to the UN H.E. Mr. Amrit Bahadur Rai will jointly host reception in honour of the President.

The delegation of the Rt. Hon. President comprises of Hon. Ms. Tham Maya Thapa, Minister for Women, Children and Senior Citizen, Chairperson of the Women and Social Committee of the House of Representatives Hon. Ms. Niru Devi Pal, Expert at the Office of the President Ms. Laxmi Kumari Karki, Foreign Secretary Mr. Shanker Das Bairagi, Secretary at the Office of the President Mr. Binod K.C., Secretary at the Ministry of Industry, Commerce and Supplies Ms. Yam Kumari Khatiwada and other senior officials from the Office of the President, Ministry of Foreign Affairs and Ministry of Women, children and Senior Citizen of the Government of Nepal.

The Rt. Hon. President will return on 14 March 2019 and arrive in Kathmandu in the afternoon of 15 March 2019.

Ministry of Foreign Affairs
Kathmandu
9 March 2019

परराष्ट्र मन्त्रालयले शनिवार राष्ट्रपतिको भ्रमणका सम्बन्धमा जारी गरेको प्रेस विज्ञप्तिमा सम्माननीय राष्ट्रपतिले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए पनि राष्ट्र संघको कार्यक्रम तालिकामा भने नेपालका राष्ट्रपति सामूहिक वक्ताको रुपमा सहभागी हुने उल्लेख भएको छ ।

राष्ट्र संघको वुमन इन पावर उच्चस्तरीय कार्यक्रमको १२ मार्चको कार्यक्रममा बिहान ९ :२० देखि १० : ३० सम्म भन्ने विषयमा महिला नेतृहरुले विश्वलाई कसरी परिवर्तन गर्दछन भन्ने विषयमा हुने गोलमेच बैठकमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक वक्तामा राखिएको छ । सो सेसनकी पहिलो वक्ता लिथुनियाका महामहिम राष्ट्रपति दालिया ग्रेबुस्काइट रहनुभएको छ । दोस्रो वक्ता नेपालका महामहिम राष्ट्रपति भण्डारी रहनुभएको छ ।तेस्रो वक्ता गणतन्त्र ट्रिनिनाड एण्ड टोवाकोका महामहिम राष्ट्रपति पाउला मे विकिज रहनुभएको छ । चौथो वक्ता गणतन्त्र कम्बोडियाका उप राष्ट्रपति मार्टा लुसिया रिमिरेज रहनुभएको छ ।

एमएसएनबीसी टेलिभिजनकी कार्यक्रम प्रस्तोता रिचार्ड लुईले सञ्चालन गर्ने सो कार्यक्रममा युरोपियन कमिशनका उपाध्यक्ष तथा वैदेशिक मामला र सुरक्षा विषयका उच्च प्रतिनिधि महामहिम फेडेरिका मघेरिनी सहभागी हुने कार्यक्रम छ ।

सो सामूहिक वहसमा गणतन्त्र माल्टाका महामहिम राष्ट्रपति मारि लुईस कलेरियो प्रेकाको भिडियो सन्देश प्रशारण गरिनेछ ।

 

सम्माननीय राष्ट्रपतिको रहर कि बाध्यता ?

कार्यक्रमको मूल विषय हेर्दा कार्यकारिणी प्रमुखमा रहेका महिलाहरुलाई आमन्त्रण गरेको जस्तो प्रतित हुन्छ । नेपालको जस्तो आलंकारिक राष्ट्रपतिको भूमिकाले राष्ट्र र समाजलाई नै परिवर्तन गर्ने अपेक्षा राखिदैन् । यद्यपि स्वदेश र विदेशका लागि प्रेरणासम्म हुन सक्छ ।

कार्यकारी राष्ट्रपतिहरुको भिडियो सन्देश आएको उक्त कार्यक्रमका अन्य सहभागी उपराष्ट्रपति,मन्त्री र काउन्सिलर तहका हुनुले सरकारले सो कार्यक्रममा राष्ट्रपतिको सहभागिता गराएर उहाँको सम्मान गरेको हो कि अपमान गरेको हो बुझ्न नसकिने भएको छ ।

सरकारले राष्ट्रपति भण्डारीलाई राष्ट्र उच्च स्तरीय बैठकहरुमा सहभागी गराउदै आएको पनि छ । केही महिना अगाडिमात्रै उहाँ पोल्याण्डमा आयोजित जलवायु सम्मेलनमा संबोधन गरेर फर्कनु भएको हो ।

अमेरिकामा रहेका नेपालीहरुले पनि राष्ट्रपतिको यस भ्रमणलाई रहरको रुपमा मात्र व्याख्या गरेका छन् । मुलुकमा स्थायी सरकार बनेको एक बर्षमात्र भएको र राष्ट्रपतिको निर्वाचन भएको एक बर्ष पनि नपुगेको अवस्थामा कार्यक्रमको औचित्य,सहभागीको स्तर नहेरिकन राष्ट्राध्यक्षलाई पठाउनु सरकारको कमजोरीको रुपमा लिइएको छ । कतिपयले त यसलाई तात्कालिन राजा ज्ञानेन्द्रले आफ्नो असंवैधानिक कदमलाई वैध तुल्याउने नाममा राष्ट्र संघले अफ्रिकामा आयोजना गरेको सम्मेलनमा सहभागी भएको घटनाको समकक्षमा हेरेका छन् ।

संयुक्त राष्ट्र संघको महिला नियोगको आयोजनामा हुने ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६३ औ सेसनमा अन्तरगतको यस्तो कार्यक्रममा विगतमा नेपालबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको नेतृत्वमा सोही मन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ हेर्ने डेक्सका प्रमुख वा अन्य अधिकारीले भाग लिने गरेका थिए । यस पटक पनि अधिकांश मुलुकका महिला मन्त्रालय हेर्ने मन्त्रीले नै सेसनमा भाग लिँदै छन् ।

मन्त्री स्तरमा भाग लिए पनि हुने कार्यक्रममा राष्ट्र प्रमुख नै आउनुलाई ‘घुम्ने रहर’ को रूपमा हेरिएको छ । राष्ट्रपतिको नेतृत्वमा अमेरिका आउने टोलीका २२ जनाको खर्चको गणना गर्ने हो भने राष्ट्रलाई करिब १ करोडको अनावश्यक भार परेको बताइन्छ ।

सरकारी स्तरबाट यस पटक राष्ट्रप्रमुख वा सरकार प्रमुखमा महिला पुगेका देशबाट राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई नै निमन्त्रण गरिएको दाबी गरिए पनि यो दावी बंगलादेशकै हकमा लागू भएको छैन् ।

Share Now

Leave a comment.