कराँची(पाकिस्तान),२५ फागुन । पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्दर्स प्रतिस्पर्धी इस्लामावाद युनाइटडसंग पराजित भएको छ ।
लिग अन्तरगत पाकिस्तानको कराँचीमा भएको खेलमा टस हारेर फिल्डिड. रोजेको लाहोर इस्लामावाद युनाईटेडले दिएको २ सय ३९ रनको लक्ष्य पूरा गर्न असमर्थ रह्यो । २० ओभरको निर्धारित खेलमा लाहोरले नौ विकेटको क्षतिमा जम्मा १ सय ८९ रनमात्र जोड्न सक्यो ।
लाहोरका कप्तान एबी डेभिलियर्स चोटका कारण बिश्राम लिएको यो खेलमा उनको सख्त अभाव देखियो भने बाउण्ड््री सांघेुरो पारिएकोले बलरहरु दबाबमा रहेको देखियो । यद्यपि उत्कृष्ट ब्याट्स्म्यानको लागि भने यो अवसर चौका र छक्का जोड्ने मौका बन्यो ।
लाहोरका लागि सोहेल अख्तर ७५,फकर जमान ३८,एमएच वेस्सेल २०, एपी डेभरिच १८,डी वाइस १२,हरिश रौफ ७,सन्दीप लामिछाने ६ र सहन्साह अफ्रिदी र राफल अलीले एक एक रनको योगदान दिएका थिए ।
लाहोरको इनिड.मा इस्लामाबादका फहिम अश्रफले ६, रुमान रुई र शादव खानले एकएक विकेट लिए । एक विकेट रन आउटमा गयो ।
यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको इस्लामावाद युनाईटेडले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै २ सय ३८ रन जोडेको थियो ।
इस्लामावादको लागि सीएस डेल्पोर्टले १ सय १७,असिफ अलीले ५५,क्याक वाट्सनले ४८ र पीडी साल्टले १० रन जोडे ।
यो इनिड.मा लाहोर क्वालान्दर्सका सहन्साह अफ्रिदी,सन्दीप लामिछाने र डी वाईसले एक एक विकेट लिए ।
खेलमा नेपाली खेलाडी सन्दीपले तेस्रो ओभरको दोस्रो बलमा १ विकेट लिए र सो ओभरमा १ रन बाहेक थप बन्न दिएनन् । पाचौ ओभरमा दोस्रो स्पेल लिएर आएका उनले १ छक्कासहित ७ रन बनाउन दिए । १० औं ओभरमा १ चौका र १ छक्कासहित १२ रन जाड्न दिए । १६ औं ओभरमा चौथो स्पेल लिएर आएका सन्दीपलाई डेल्पोर्टले ४ वटा छक्का हिर्काएर निराश बनाए । यो स्पेलमा उनले २६ रन जोड्न दिए । यसरी ४ ओभरमा ४६ रन दिएर १ विकेट लिए । संभवत बाउण्ड््री साँघुरो बनाउनुको परिणाम थियो यो ।
पाकिस्तान सुपर लिग अन्तरगत पाकिस्तानी भूमिमा भएको पहिलो खेलमा थुप्रै रेकर्ड कायम भएको बताइएको छ । जसमा
१) पाकिस्तान सुपर लिगमा आजसम्म सर्वाधिक बढी रनको रेकर्ड बनायो इस्लामावाद युनाईटेडले २ सय ३८
(२) एकै इनिड.मा १६ छक्का प्रहार भए, (इस्लामावाद युनाईटेडले गर्यो ) ।
(३)सबैभन्दा छिटो अर्धशतक बन्यो (असिफ अलिले १७ बलमा संयुक्त ) ।
(४) सबैभन्दा महंगो विकेट(सहन्सहा अफ्रिदीले १ विकेटका लागि ६२ रन खर्चे) ।
(५) लिगमा सबैभन्दा शीघ्र शतक(क्यामरुन डेल्पोर्टले ४९ बलमा) ।
(६) एकै खेलाडीले लिएको बढी विकेट( फहिम अश्रफले १९ बलमा ६ विकेट लिए )।
(७) सबैभन्दा कम दुई रनको रेकर्ड बन्यो, जम्मा एउटामात्र ।
यो खेलसंग नेपाली खेलाडी सन्दीप आबद्ध लाहोरको आगामी यात्रा कठिन मोडमा पुगेको छ । अंक तालिकाको पाँचौ स्थानमा रहेको लाहोरले अब मुल्तान सुल्तानसंग एक खेल खेल्न बाँकी छ ।
TEAM | M | W | L | T | P | NRR |
---|---|---|---|---|---|---|
QG | 9 | 7 | 2 | 0 | 14 | 0.423 |
PZ | 9 | 6 | 3 | 0 | 12 | 0.566 |
IU | 10 | 5 | 5 | 0 | 10 | 0.127 |
KK | 8 | 4 | 4 | 0 | 8 | -0.459 |
LQ | 9 | 3 | 6 | 0 | 6 | -0.572 |
MS | 9 | 2 | 7 | 0 | 4 | -0.145 |
कराँची किंग्सले अब पेशावर जाल्मी र क्वेटा ग्लाडियटर्ससंग खेल्न बाँकी छ । कराँचीका तुलनामा दुबै टीम तगडा मानिन्छन तर कराँचीलाई घरेलु मैदानको लाभ हुनेछ ।
कराँची दुवै खेलमा पराजित भएमा मात्रै लाहोरको अगाडिको यात्रा सहज हुनेछ ।