
बिराटनगर(मोरड.),२८ फागुन । । आयोजक नेपालले सहज जितका साथ मंगलबारदेखि शुरु साफ महिला च्याम्पियनसिपमा बिजयी शुरुवात गरेको छ ।
बिराटनगर स्थित शहिद रंगशालामा सम्पन्न उद्घाटन खेलमा नेपालले समूह ए तर्फको आफ्नो पहिलो खेलमा भुटानलाई ३–० ले हरायो । नेपालका लागि १३ औं मिनटमा मन्जली योन्जनले पहिलो गोल गरीन् भने लगतै १६ औं मिनटमा साबित्रा भण्डारीले त्यो अग्रता दोब्बर पारीन् ।
BREAKING: Nepal Beats Bhutan In Opener https://t.co/uAI33fRh3P
— GoalNepal.com (@Goal_Nepal) March 12, 2019
त्यस्तै दोस्रो हाफतर्फ ५४ औं मिनटमा कप्तान निरु थापाले तेस्रो गोल गर्दे घरेलु टोलीको उत्कृष्ट जित पक्का गरीन् । यो जितसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले आउँदो शनिबार बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत बुधबारको खेल डिफेन्डिङ च्याम्पियन भारत र माल्दिभ्सबीच हुनेछ । सार्क राष्ट्रका कुल ६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत ८ गतेका दिन हुनेछ