सानो ठिमी (भक्तपुर), ३ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ९ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।
आयोगले २०७५ चैत्र २ गतेको निर्णय अनुसार शनिवार सुर्खेत,दाड.,प्यूठान,सोलखुम्बु,ओखलढुंगा,खोटाडं,उदयपुर,सप्तरी र सिरहा जिल्लाबाट लिखित परिक्षामा सम्मिलित भई पास भएर अन्तरवार्तामा पनि पास भएका शिक्षकहरुको नामावली प्रकाशित गरेको हो ।
आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।
हेर्नुहोस् ९ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली :


















