सानोठिमी (भक्तपुर), ४ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ८ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।
आयोगले २०७५ चैत्र ४ गतेको निर्णय अनुसार सोमबार लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु,अर्घाखाँची,गुल्मी र धौलागिरी अञ्चलका बाग्लुड.,पर्वत, म्याग्दी तथा मुस्ताड. जिल्लामा कार्यरत अस्थायीबाट स्थायी हुन परीक्षामा सामेल भएका प्राथमिक तहका शिक्षकहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।
हेर्नुहोस् ८ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली :