Prakash Adhikari March 18, 2019

काठमाडौं,४ चेत्र । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन।

आयोजक एनसिएल स्पोर्टस प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो ।

महिला टी २० लिगको पहिलो संस्करणमा भैरहवा किङ्ग्स, धनगढी वन्डर,काठमाडौं सुपर च्याम्पियन र विराटनगर लायन्सले प्रतिस्पर्धा गर्नेछन।

पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ।

भैरहवाको मार्की खेलाडी कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सीता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन।

प्रतियोगिता यही चैत ९ गतेदेखि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ।

Share Now

Leave a comment.