सानोठिमी (भक्तपुर), ५ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ७ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।
आयोगले २०७५ चैत्र ५ गतेको निर्णय अनुसार मंगलबार नारायणी अञ्चलका बारा,पर्सा,रौटहट र लुम्बिनी अञ्चलका नवलपरासी र पाल्पा जिल्लाका तथा गण्डकी अञ्चलका स्याड.जा र कास्की जिल्लामा कार्यरत अस्थायीबाट स्थायी हुन परीक्षामा सामेल भएका प्राथमिक तहका शिक्षकहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।
नारायणी,लुम्बिनी र गण्डकी अञ्चलका ७ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली हेर्न तलका जिल्लामा क्लिक गर्नुहोस् :








