काठमाडौं,११ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त हुनुभएको छ ।
चैत ११ सोमबार बसेको बैंकको संचालक समितिको २९५ औं बैठकले ले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहनुभएका पोखरेललाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो ।
सिटिजन्स बैंकको स्थापनादेखि दोस्रो बरियतामा रहेर सेवा गर्नुभएका पोखरेल प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले अवकाश लिएपछि कायममुकायम मुकरर हुनुभएको हो ।
त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका प्रमुख कार्यकारी अधिकृत पोखरेलले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
बैंक संचालक समितिले व्यवस्थापनको उच्च शिक्षा र २५ वर्षको अनुभव हासिल गर्नुभएका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छ ।


















