नयाँदिल्ली(भारत),१२ चैत्र । भारतको चर्चित घरेलु लिग इण्डियन प्रिमियर लिगको १२ औं संस्करणमा पनि नेपाली खेलाडी सन्दीप लामिछानेलाई टिममा लिएका दिल्ली क्यापिटलले आफ्नो दोस्रो खेलमा पनि उनलाई मैदानमा उतार्न रुचि देखाएन ।
सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आज आफने घरेलु मैदान कोट्लामा गत बर्षको विजेता टोली चेन्नई सुपर किंग्ससंग प्रतिस्पर्धा गरिरहेको छ ।
टस जितेर ब्याटिड. रोजेको दिल्लीले दोस्रो खेलमा कयाप्टेन श्रेयश ऐअर, शिखर धवन,पृथ्वी शाँ, कोलिन इन्ग्राम, रिसव पन्त,किमो पौल, अक्षर पटेल,राहु टिवटिया,कागिसो रावडा,अमित मिश्रा र इशान्त शर्मालाई मैदानमा उतारेको छ ।
चेन्नई सुपर किंग्सले भने क्याप्टेन महेन्द्रसिंह धोनी,शेन वाट्शन, अम्बाती रायडु, सुरेश रैना, केदार यादव, द्धवायन ब्राभो, रविन्द्र जडेजा, दीपक छहार, शार्दुल ठाकुर,हरभजन सिंह र इमरान ताहिरलाई मैदानमा उतारेको छ ।
।
सोहौं ओभरको अन्तसम्म दिल्लीले ४ विकेट गुमाएर १ सय २२ रन बनाएको छ