Prakash Adhikari April 4, 2019

नयाँदिल्ली (भारत),२१ चैत्र । नेपाली क्रिकेट स्टार खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटल्सले आज खेल्ने खेलका ११ खेलाडीमा पर्न सफल भएका छन् ।

आज सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले सन राइजर्स हैदरावादविरुद्ध खेल्दैछ ।

Image may contain: 1 person, smiling, text

दिल्ली क्यापिटल्सको घरेलु क्रिकेट मैदान फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा हुने खेलमा सन राईजर्स् हैदराबादले टस जितेर फिल्डिड. रोजको छ ।

टस हारेको सन्दीप आबद्ध दिल्लीले पहिले ब्याटिड. गर्नेछ ।

यसको अर्थ सन्दीपको खेल हेर्न दोस्रो इनिड. कुर्नुपर्ने भएको छ ।

आईपीएलको चालु १२ औं संख्करणमा सन्दीपले कोलकोता नाइट राइडर्स विरुद्धको खेलमा एक विकेट र किंग्स् इलेभेन पञ्जाबको विरुद्ध २ विकेट लिइसकेका छन् ।

गत बर्ष सम्पन्न ११ औं संस्करणको आईपीएल प्रतियोगितामा पनि दिल्लीबाट खेलेको उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

यस्तो छ, खेलाडीको सूची :

Delhi Capitals 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Rishabh Pant (wk), 5 Colin Ingram, 6 Chris Morris, 7 Rahul Tewatia, 8 Axar Patel, 9 Kagiso Rabada, 10, Ishant Sharma, 11 Sandeep Lamichhane

SRH-PLAYERS-LIST 2019Sunrisers Hyderabad 1 Jonny Bairstow (wk), 2 David Warner, 3 Vijay Shankar, 4 Yusuf Pathan, 5 Manish Pandey, 6 Deepak Hooda, 7 Mohammad Nabi, 8 Rashid Khan, 9 Bhuvneshwar Kumar (capt), 10 Sandeep Sharma, 11 Siddarth Kaul

Share Now

Leave a comment.