Prakash Adhikari April 13, 2019

चण्डिगढ(पञ्जाब,भारत),३० चैत्र । भारतको चर्चित घरेलु क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १२ औं संस्करण अन्तरगत भैरहेका खेलमा सहभागी भएका मध्ये रोयल च्यालेञ्जर्स बैंगलोरले प्रतियोगिताको २८ औं खेलमा पहिलो जित निकालेको छ ।

बैंगलोरले शनिवार किंग्स् इलेभेन पञ्जाबविरुद्धको खेलमा ८ विकेटको जित निकालेको हो ।

पञ्जाबको घरलु मैदान मोहलीमा भएको खेलमा टस जितेर बैंगलोरले बलिड. रोजको थियो ।

टस हारेर ब्याटिड.को निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ७३ रन बनाएको थियो ।

१ सय ७४ रनको लक्ष्य पाएको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै ४ बल बाँकी रहदै सो लक्ष्य हासिल गरेको थियो ।

Kings XI Punjab: KL Rahul, Chris Gayle, Mayank Agarwal, Sarfaraz Khan, Nicholas Pooran (wk), Mandeep Singh, Sam Curran, R Ashwin (c), Andrew Tye, M Ashwin, Mohammed Shami

Royal Challengers Bangalore: Parthiv Patel (wk), Virat Kohli (c), AB de Villiers, Akshdeep Nath, Marcus Stoinis, Moeen Ali, Pawan Negi, Umesh Yadav, Mohammed Siraj, Navdeep Saini, Yuzvendra Chahal

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ६७ रन, एबी डे भिलियर्सले ५९, मार्कस स्टोइनिसले २८ र पार्थिव पटेलले १९ रनको योगदान गरे ।

यो इनिड.मा पञ्जाबका मोहम्द शामी र आर आश्विनले समान १ । १ विकेट लिए ।

पञ्जाबको इनिड.

टस हारेर ब्याटिड. गरेको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ७३ रन जोडेको थियो ।

उसका लागि क्रिस ग्रेलले ९९,मन्दीप सिंह र केएल राहुलले समान १८ । १८ , एमए अग्रवाल र एसएन खानले समान १५।१५ र शाम करणले १ रनको योगदान गरे ।

पञ्जाबको इनिड.मा बैंगलोरका यजुभेन्द्र  चाहलले २ र मोहम्मद सिराज र मोहम्मद अलिले १ । १ विकेट लिए ।

आईपीएलको शनिवारको खेल दयनीय अवस्थामा पुछारमा रहेका दुई टीमको लागि उल्लेखनीय रह्यो । पञ्जाबसंग भएको खेलमा बैंगलोरले पहिलो जित निकाल्यो भने मुम्बई इण्डियन्ससंग भएको खेलमा राजस्थान रोयल्सले दोस्रो जित निकाल्यो ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 7 6 1 12 0.299
KKR 7 4 3 8 0.434
MI 7 4 3 8 0.209
DC 7 4 3 8 0.197
KXIP 8 4 4 8 -0.093
SRH 6 3 3 6 0.81
RR 7 2 5 4 -0.587
RCB 7 1 6 2 -1.202
Share Now

Leave a comment.