नयाँदिल्ली(भारत), ५ बैशाख । नेपाली क्रिकेट स्टार सन्दीपले आजको खेलमा पनि मौका पाएनन् । दिल्लीका कप्तान श्रेयस एैय्यरले सन्दीपलाई समावेश नगरिकन मैदानमा खेल्ने ११ जना खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
यस अगाडिका चार खेलमा समेत उनलाई छुटाइएको थियो ।
हालसम्म दिल्लीले खेलेको ८ खेलमा ४ खेलमा मौका पाएर ५ विकेट लिएका सन्दीपलाई पछिल्ला खेलमा मौका दिइएको छैन ।
Delhi Capitals: Prithvi Shaw, Shikhar Dhawan, Colin Munro, Shreyas Iyer (c), Rishabh Pant (wk), Chris Morris, Axar Patel, Keemo Paul, Kagiso Rabada, Amit Mishra, Ishant Sharma
Mumbai Indians: Quinton de Kock (wk), Rohit Sharma (c), Suryakumar Yadav, Kieron Pollard, Hardik Pandya, Ben Cutting, Krunal Pandya, Jayant Yadav, Rahul Chahar, Jasprit Bumrah, Lasith Malinga
उनको स्पेल पनि महंगो पर्दै गएको र समूहको अन्तिममा रहदा पनि नाम चलेका ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा ब्याट सम्हाल्न उनलाई मुस्किल परेकोले दिल्लीले उनलाई अगाडि सार्ने जोखिम नलिएको बताइन्छ ।
ब्याटिड.मा पनि अनाडी रहदा पञ्जाबविरुद्ध भएको खेलमा जितको संघारमा रहेको दिल्ली पराजित भएको थियो ।
अनपेक्षित जित पछि पञ्जाबका खेलाडीले भनेका थिए दिल्लीका ब्याट्सम्यानहरुको विकेट झारेपछि अन्तिम ओभरमा आउने बलरहरु रन बनाउनबाट पनि रोक्न सकिन्छ र विकेट लिन पनि । सो खेलमा ६ रन जोड्दा दिल्लीले ७ विकेट गुमाएको थियो ।
आजको खेलमा मुम्बई इण्डियन्सले टस जितेर ब्याटिड. रोजेको छ ।
दिल्लीले आफ्नो पहिलो खेल मुम्बईको वान्खडे क्रिकेट मैदानमा मुम्बई इण्डिन्सविरुद्ध खेलेर जितको साथ सुरु गरेको थियो ।
तर सो खेलमा मुम्बई इण्डियन्सका चर्चित श्रीलंकन खेलाडी लसिथ मालिड.गा स्वदेशकै खेलमा व्यस्त भएकोले आउन सकेका थिएनन ।
मालिड.गाको उपस्थिति रहेको आजको खेलमा दिल्लीलाई सन्दीपको खाँचो महसूस भने हुन सक्छ ।