काठमाडौं, १८ पौष । निर्वाचन आयोगले सरकार समक्ष आगामी माघ २५ गते राष्ट््िरय सभाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त सहित आयोगका आयुक्त र पदाधिकारीहरुले मङ्गलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव राखेका हुन।
सो अवसरमा प्रधानमन्त्री देउवाले आउँदो मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने आश्वासन दिनुभएको छ।
निर्वाचन आयोगले नयाँ सरकार गठनको निम्ति आवश्यक हुने प्रतिनिधिसभाको पूर्ण आकार घोषणा गर्न राष्ट्रिय सभाको गठन अपरिहार्य रहेको बताउँदै आएको छ।
आयोगको परामर्शमा माघ २५ गतेलाई मिति तोक्ने प्रधानमन्त्रीले जानकारी दिएको उहाँसँगको भेटपछि प्रमुख आयुक्त जानकारी गराउनुभएको छ
ईश्वरी पौडेल, निर्वाचन आयुक्त
राष्ट्रिय सभा निर्वाचनका मतदाता देशैभर छरिएको र उम्मेद्वारलाई प्रचारप्रसारका लागि पर्याप्त समय चाहिने भएकोले चुनावको निम्ति कम्तीमा एक महिना लाग्ने आयोगका पदाधिकारीहरुको तर्क छ ।
आयोगले मनोनयन दर्ता, उजुरी, दाबी(विरोध, प्रचारप्रसारका निम्ति कानूनले अनिवार्य गरेको समयसीमामै रहेर व्यवस्थापकीय कामको समयावधि छोट्याउने जनाएको छ।
मुख्य रुपमा नियमावली(निर्देशिका तयार गर्न, मतगणनाको सफ्टवेयर निर्माण गर्न, निर्वाचन अधिकृत नियुक्ति गर्नासाथ एकल संक्रमणीय प्रणाली लगायतका विषयमा तालिम दिनुपर्ने हुनाले समय लाग्छ
दिनेशकुमार घिमिरे, प्रवक्ता, निर्वाचन आयोग
राजनीतिक दलहरुलाई प्रदान गरिने समयका अतिरिक्त निर्वाचनको आन्तरिक तयारीका लागि पनि पर्याप्त समय चाहिने निर्वाचन आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन्।
उनले भने, ुुमुख्य रुपमा नियमावली(निर्देशिका तयार गर्न, मतगणनाको सफ्टवेयर निर्माण गर्न, निर्वाचन अधिकृत नियुक्ति गर्नासाथ एकल संक्रमणीय प्रणाली लगायतका विषयमा तालिम दिनुपर्ने हुनाले समय लाग्छ।ुु
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला सहित ८ जनाको दरले ५६ जना निर्वाचित हुने छन्।
सरकारको सिफारिसमा अन्य तीनजना राष्ट्रपतिद्वारा मनोनित हुने व्यवस्था छ।
निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख गरी २ हजार ५६ जना मतदाताले मतदान गर्नेछन् ।