Prakash Adhikari May 13, 2019

हैदराबाद(भारत),३० बैशाख ।इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले फाइनलमा चेन्नईलाई तेस्रो पटक पराजित गर्‍यो।

अन्तिम बलमा १ रनको रोमान्चक जित निकालेको मुम्बईले २० करोड भारतीय रुपैयाँ अर्थात ३२ करोड नेपाली रुपैयाँ प्राप्त गर्‍याे।

उपविजेता बनेको चेन्नई भने १२ करोड ५० लाख भारु प्राप्त गर्‍यो। त्यस्तै प्रतियोगितामा सर्वाधिक रन बनाएका डेविड वार्नरले अरेन्ज क्याप जिते।

उनले १२ खेलमा ६९२ रन रन जोड्न सफल भएका थिए। वार्नरले अरेन्ज क्याप जितेसँगै लगातार तेस्रो सिजन यो उपाधि विदेशी खेलाडीको नाममा रह्यो।

आईपीएलमा  चेन्नईका स्पिनर इमरान ताहिरले पर्पल क्याप जिते। उनले २६ विकेट हात पार्न सफल भए। वार्नर र ताहिरले १०–१० लाख प्राप्त गरे।

कस्ले के पाए (सबै रकम भारुमा)

परफेक्ट क्याच अफ द सिजन : क्यारन पोलार्ड- १० लाख

स्टाइलिस प्लेयर अफ द सीजन : लोकेश राहुल- १० लाख

गेम चेन्जर अफ द सिजन : राहुल चाहर- १० लाख

इमर्जिङ प्लेयर अफ द सीजन : शुभम गिल – १० लाख

पर्पल क्याप (सर्वाधिक विकेट) : इमरान ताहिर- १० लाख

अरेन्ज क्याप: डेभिड वार्नर (सर्वाधिक बढी रन)- १० लाख

मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर : आन्द्रे रसेल- १० लाख

सुपर स्ट्राइकर अफ द सिजन : आन्द्रे रसेल- कार र ट्रफी

फेयर प्ले अवार्ड : सनराइजर्स हैदरावाद- ट्रफी

फास्टेस्ट फिफ्टी: हार्दिक पान्ड्या (कोलकताविरुद्ध १७ बलमा ५० रन)- १ लाख

वेस्ट ग्राउन्ड (७ खेल बढीमा) : हैदराबाद- ५० लाख वेस्ट ग्राउन्ड

(७ भन्दाकम खेलमा) : पन्जाब – २५ लाख

Share Now

Leave a comment.