
काठमाडौं,१७ जेठ । सोल्टी होटलका मालिक तथा चर्चित व्यवसायी प्रभाकरसमशेर राणाको निधन भएको छ ।
८४ वर्षीय राणाको अमेरिकामा निधन भएको हो ।
उहाँले सोल्टी होटलसहित सूर्य नेपाल, अमरावती, भोटेकोशी सिप्रदी ट्रेडिङ,लगायतका कम्पनी स्थापना गरेर सञ्चालन गर्नुभएको थियो ।
ती व्यवसायहरु उहाका सुपुत्र सिद्धार्थ राणाले हेर्नुहुन्छ ।